Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – एभरेष्ट इन्टरनेशनल स्कुल, जापानले आफ्नो सेवा बिस्तार गर्ने क्रममा आराकावामा पनि शाखा बिस्तार गरेको छ । जसअनुसार आगामी शैक्षिक सत्र अप्रिलदेखि पठनपाठन सुरु गर्ने गरी तैयारी भईरहेको स्कुल प्रशासनले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शाखा बिस्तार गर्ने क्रममा आराकावा क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गरी नर्सरीदेखि कक्षा ५ सम्म पढाई हुने गरी कक्षा सञ्चालन गर्न लागिएको हो ।

राजधानी टोकियोका २३ वटा वार्ड मध्य आराकावा कु मा बालबालिकाका लागि शिक्षामा सबैभन्दा बढि अनुदान उपलब्ध गराउने कु मा पर्दछ । जसअन्तर्गत उक्त अनुदान प्राप्त गर्ने प्रक्रियामा लाग्ने समयावधिसम्म किन्डरगार्टेन तहका विद्यार्थीहरुको शुल्कमा ५० प्रतिशत छूट दिईने र कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीहरुको शुल्कमा पनि विशेष छूटको व्यवस्थासहित भर्ना शुल्कमा ५० प्रतिशत छूट गरिने एभरेष्ट स्कुलका प्रिन्सिपल बिष्णुप्रसाद भट्टले जानकारी दिए ।

एभरेष्ट इन्टरनेशनल स्कुलमा हाल विद्यार्थीहरुको चाप थेग्न नसकिएको अवस्था र नेपालीहरुको बाक्लो उपस्थिति रहेको संभावित स्थानमा शाखा बिस्तार गर्ने स्कुलको नीति अनुसार आराकावामा उक्त संभावना देखिएकोले त्यहाँ किण्डरगार्टेन तहदेखि कक्षा ५ सम्मको पढाई सुरु गर्न लागिएको स्कुलका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले बताए ।

एभरेष्ट इन्टरनेशनल स्कुलको हाल ओकुबोमा किन्डरगार्टेन (एभरेष्ट किड्स), आशागायामा कक्षा १ देखि कक्षा ३ सम्म र ओगिकुबोमा कक्षा ४ देखि १२ कक्षासम्म पढाई भईरहेको छ ।

‘जापानमा नेपालीहरुको आगमन बढ्दो क्रममा रहेको र सोहीअनुसार स्कुल जाने उमेरका बालबालिकाहरुको संख्या पनि उत्तिकै बढ्दो क्रममा रहेकोले हाललाई नर्सरीदेखि कक्षा ५ सम्मको पढाई हुने गरी आराकावामा शाखा बिस्तार गरिएको हो ।’ – स्कुलका सञ्चालक समितिका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले बताए ।

आराकावामा नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । आराकावा बाहिरबाट जाने विद्यार्थीहरुका लागि बसको समेत ब्यवस्था गरिने स्कुल प्रशासनले जनाएको छ । ***
Arakawa Campus  Address :
116-0002, Tokyo-To
Arakawa-Ku, Arakawa 8-22-3
Nearest Station – Machiya
Train Line – Chiyoda, Keisei

तपाईको प्रतिक्रिया