Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – पश्चिमी जापानको साकाइ सहरमा निर्मित छुरी (चक्कु)हरूको विश्वव्यापी लोकप्रियता बढ्दै गएको छ । जापानका तीन प्रमुख परम्परागत छुरी ब्रान्डमध्ये एक मानिने साकाइ ब्रान्डका छुरीहरू विदेशी पर्यटकहरूको बढ्दो मागका कारण उच्च बिक्री हासिल गरिरहेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

साकाइ परम्परागत हस्तकला संग्रहालयले सन् २०२३ को आर्थिक वर्षमा पहिलो पटक १०० मिलियन येन (६६०,००० डलर)भन्दा बढी मूल्यका छुरी बिक्री गरेको थियो । यस आर्थिक वर्षमा पनि नयाँ कीर्तिमान राख्ने अपेक्षा गरिएको छ, जसमा संयुक्त राज्य अमेरिका, फ्रान्स लगायतका देशका पर्यटकहरूले बिक्रीको आधा हिस्सा ओगटेका छन् ।

संग्रहालयका अनुसार, साकाइ छुरीहरूको इतिहास कोफुन युग (तेस्रो देखि सातौँ शताब्दी)सम्म पुग्छ, जब शासक वर्गका लागि समाधि निर्माण गर्न फलामका उपकरणहरू बनाउन कालिगढहरू यस क्षेत्रमा जम्मा भएका थिए । यसमध्ये एउटा प्राचीन समाधि सम्राट निन्तोकुको चिहानस्थल मानिन्छ, जसलाई अहिले युनेस्को विश्व सम्पदा सूचीमा राखिएको छ ।

१६औं शताब्दीको उत्तरार्धमा पोर्चुगलबाट जापानमा सुर्तीको प्रवेशसँगै उच्च गुणस्तरका सुर्ती काट्ने छुरीहरू उत्पादन हुन थाले । सामान्य रूपमा ठूलो परिमाणमा उत्पादन गरिने छुरीहरूभन्दा फरक, साकाइ छुरीहरू विशेष शिल्पीहरूले परम्परागत विधिबाट निर्माण गर्छन् । यस प्रक्रियामा फलाम ढलाइ, धार बनाउने र ह्यान्डल तयार गर्ने कार्य फरक-फरक विशेषज्ञहरूले गर्छन् ।

संग्रहालयका अनुसार, आज पनि साकाइ छुरीहरू पुस्तौंदेखि हस्तान्तरण हुँदै आएका परम्परागत प्रविधिबाट निर्माण गरिन्छन् । यसलाई जापानी शेफहरूले अधिक प्रयोग गर्छन् । ‘विदेशी पर्यटकहरूले केवल उत्पादन किनिरहेका छैनन्, उनीहरूले कथाहरू पनि किनिरहेका छन्,’ साकाइ सहरको औद्योगिक प्रवर्द्धन केन्द्रका विदेशी बिक्री संयोजक ३५ वर्षीय एरिक चेभलियरले भने ।

फ्रान्सका नागरिक चेभलियररले भने, ‘पर्यटकहरूलाई छुरी समात्न, अनुभव गर्न तथा तिनीहरूको विशेषता बुझाउन कहिलेकाहीँ घण्टौं समय बिताउने गर्छन् ।’

विदेशी पर्यटकहरूले आफ्ना परिवार तथा साथीहरूका लागि उपहार दिन पनि दर्जनौँ छुरीहरू किन्ने गरेका छन् । संग्रहालयको छुरी बिक्रीको मूल्य कोभिड-१९ महामारीको समयमा आर्थिक वर्ष २०२१ मा २० मिलियन येन थियो, जुन अर्को वर्ष ८० मिलियन येनमा पुग्यो । पछिल्लो आर्थिक वर्षमा भने यो १४० मिलियन येन पुगेको छ ।

तपाईको प्रतिक्रिया