Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – नेपाल मगर संघ जापानले म्याग्दी घर भई हाल जापानमा रहेकी मृगौला पीडित एलिना पुन मगरलाई आर्थिक सहयोग गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-४ स्थायी घर भई विगत ३ वर्षदेखि जापानमा बस्दै आएकी मृगौला पीडित पुन मगरलाई संघले ४ लाख ५० हजार येन सहयोग गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२५ वर्षीया एलिना पुन मगर दुबै मृगौलाले काम नगर्ने समस्यासँग जुधिरहेकी छन् । पछिल्लो ५/६ महिनादेखि टोकियोस्थित इताबासी अस्पतालमा डायलोसिस गराइरहेकी एलिनाको तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको आवश्यकता परेको थियो । उनको कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै नेपाल मगर संघ जापान केन्द्रीय समिति र सबै क्षेत्रीय समितिहरूको सामूहिक सहकार्यमा संकलित उक्त रकम आइतबार एलिना र उनकी आमालाई हस्तान्तरण गरिएको हो ।

संघले सहयोग अभियानमा साथ दिने सबै, विशेषगरी जापानभर सम्पन्न भएको ऐतिहासिक माघे संक्रान्ति कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने र सक्रिय क्षेत्रीय समितिहरूप्रति आभार व्यक्त गरेको छ । ‘यस ऐतिहासिक अभियानको सफल संयोजन तथा नेतृत्व गर्नुभएको नेपाल मगर संघ जापानका सक्रिय कार्यसमिति सदस्य ढक जुग्जाली मगरज्यूप्रति पनि संघ कृतज्ञ छ,’ संघका महासचिवले भिक्टर ठाडा मगरले भनेका छन्, ‘उहाँले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै सफलतापूर्वक कार्य सम्पन्न गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गरिन्छ ।’

नेपाल मगर संघ जापानले एलिना पुन मगरको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

तपाईको प्रतिक्रिया