Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
  • नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महत्त्वपूर्ण अवसर

टोकियो – जापानको राजधानी टोकियोमा ‘१४औँ नेपाल फेस्टिभल-२०२४’ शनिबार औपचारिक रूपमा सुरु भएको छ । नेपाल र नेपाली पहिचानलाई जापानमा उजागर गर्ने महोत्सवका रूपमा विगत डेढ दशकदेखि हुँदै आएको नेपाल फेस्टिभल औपचारिक रूपमा सुरु भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुई दिनसम्म सञ्चालन हुने फेस्टिभल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नेपाल आदिवासी जनजाति महासंघ जापान र नेपाली राजदूतावासको संयुक्त प्रयासमा आयोजना गरिएको छ । भव्य कार्यक्रमकाबीच भएको उद्घाटन समारोहअघि नेपालका विविध जातजातिको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।विशेष गरी नेपालको कला र संस्कृतिलाई जापानमा प्रवर्द्धन गरी जापानमा जन्मिएर जापानमा नै बसोबास गर्दै आएका नेपालीहरूलाई नेपाली संस्कृतिको बारेमा जानकारी दिनुका साथै जापानी नागरिकलाई नेपाली संस्कृतिका बारेमा जानकारी गराइ नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ फेस्टिभल आयोजना गरिएको बताइएको छ ।फेस्टिभलमा नेपाली परिकार, हस्तकलाका सामानहरू, र पर्यटनसम्बन्धी जानकारीमूलक स्टलहरूको पनि प्रदर्शन गरिंदैछ । नेपाल फेस्टिभलले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउँदै नेपाली समुदायको एकता र पहिचानलाई उजागर गर्न सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया