Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – जापानको फुकुशिमा आणविक केन्द्रबाट रोबोटले निकालेको रेडियोधर्मी फोहोरको सानो मात्रा टोकियो नजिकैको एक अनुसन्धान प्रयोगशालामा आइपुगेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मङ्गलबार प्लान्टको सञ्चालक टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले गत हप्ता विशेष रूपमा विकसित विस्तारयोग्य उपकरणको प्रयोग गरेर फोहोर उठाई र परीक्षणका लागि ल्याबमा पठाउने कठिन काम पूरा भएको पुष्टि गर्नुभएको छ । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको विनाशकारी सुनामीले विश्वकै सबैभन्दा भयानक आणविक दुर्घटना निम्त्याएको १३ वर्षभन्दा बढी भइसक्दा पनि करिब ८८० टन रेडियोधर्मी सामग्री हटाउन सकिएको छैन ।

उच्च विकिरणको स्तरको कारण दशकौँ लामो शुद्धिकरण र व्यवस्थापन गर्ने परियोजनामा यो भग्नावशेष हटाउनु सबैभन्दा चुनौतीपूर्ण रूपमा हेरिएको छ। प्राविधिक समस्याका कारण ढिलाइ भए पनि रिएक्टरभित्रको जोखिमको अवस्था बारेमा जानकारीका लागि अध्ययन गर्ने उद्देश्यले उत्तरपूर्वी जापानको फुकुसिमा प्लान्टबाट परीक्षणका लागि नमूना झिकी ल्याबमा पु-याइएको हो ।

सन् २०११ मा आएको सुनामीका कारण फुकुशिमाका छ वटा रिएक्टरमध्ये ३ वटा रिएक्टरमा क्षति पुगेको थियो । जापानले गत वर्ष ५४० वटा ओलिम्पिक स्विमिङ पुलको लागि पुग्ने रिएक्टर कूलिङ पानीमध्ये केही पानी प्रशान्त महासागरमा छोड्न सुरु गरेको थियो । यस कदमले चीन र रूससँग कूटनीतिक विवाद सिर्जना भएको र दुबैले एक आपसमा समुद्री खाना (सि फुड) आयातमा प्रतिबन्ध लगाएका थिए ।

यद्यपि जापानले समुद्रमा छोडिएको पानी निर्वहन सुरक्षित रहेको दाबी गरेको थियो भने यसलाई संयुक्त राष्ट्र सङ्घीय आणविक निकायले समर्थन जनाएको थियो । समूद्रमा छोडिएको पानी सुरक्षित रहेको राष्ट्र सङ्घीय निकायको भनाइपछि बेइजिङले सेप्टेम्बरदेखि जापानबाट सि फुड आयात गर्न ‘बिस्तारै सुरु’ गर्ने बताएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया