Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

टोकियो – जापानको राजधानी टोकियोमा शनिबार विभिन्न संघसंस्थाहरुद्वारा आयोजित दर्जनौं देउसीभैलो कार्यक्रम सम्पन्न भएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शनिबार साँझ टोकियोको शिनओकुबो स्थितबारबाँडे रेष्टुरेन्टमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले आयोजना गरेको देउसीभैलो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा साँगीतिक कार्यक्रमका लागि नेपालबाट आई हाल जापानमा रहेका कलाकारहरु ईन्द्र जिसी, ज्योति लोहनी र बन्दना पाण्डेलाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठान जापान शाखाका कलाकारहरुले देउसीभैलो खेलेर नेपालकै झझल्को दिलाएका थिए भने उनीहरुले तिहारजन्य विशेष साँगीतिक प्रस्तुती सोरठी गाएर तिहारको माहौलमा रौनकता थपेका थिए । सो अवसरमा हाल जापानमा रहेका नेपालबाट आमन्त्रित कलाकाहरु जिसी, लोहनी र पाण्डेयले पनि आ-आफ्ना प्रस्तुती राखेका थिए ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष महेन्द्र न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकालीको प्रमुख आतिथ्यता र सहसचिव अर्जुन सुबेदीको स्वागत मन्तब्य रहेको थियो भने सचिव समुन्द्रराज पौडेलको सञ्चालन रहेको थियो ।

यसैगरी सोही दिन नेपाल मगर संघ जापानले पनि शिनओकुबोस्थित रोयाल गार्डेन रेष्टुरेन्टमा बृहत देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा दर्जनौ कलाकारहरुको साँगीतिक प्रस्तुती रहेको थियो भने देउसीभैलोको रमझममा सहभागीहरु झुमेका थिए ।नेपाल मगर संघ जापानका अध्यक्ष रामहरि खपाङ्गी मगरको सभापतित्व र नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको सो देउसीभैलो कार्यक्रमको सञ्चालन महासचिव भिक्टर ठाडा मगरले गरेका थिए । सो कार्यक्रममा आमन्त्रित अतिथिहरुले दीपावलीको शुभकामना साटासाट गरेका थिए ।

यसैगरी सोही दिन स्याङ्जा समाज जापानको देउसीभैलो कार्यक्रम शिनओकुबोस्थित काठमाडौं लाउञ्जमा सम्पन्न भएको छ भने अर्घाखांची समाज जापानले सोलमारी हलमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ । उता तमुधीं जापानले पनि सोही दिन बेम्बो छे रेष्टुरेन्ट शिनओकुबोमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यसैगरी सोही दिन गुरुङ समाज जापानले पनि गोतान्दास्थित माया रेष्टुरेन्टमा देउसीभैलो कार्यक्रम सम्पन्न गरेको बताईएको छ । आयोजित फरक फरक कार्यक्रमहरुमा दीपावलीको
शुभकामना आदान-प्रदान गरिनुका साथै तिहार विशेष साँगीतिक कार्यक्रममा सहभागीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

यसबाहेक अन्यत्र पनि विभिन्न संघसंस्थाले आ-आफ्नै ढंगले विभिन्न ठाउँमा देउसीभैलो खेलेर नेपालको मौलिक सँस्कृतिमा आधारित चाडपर्व मनाउने सँस्कृति, रितिरिवाज र परम्परालाई उजागर गरेका छन् ।

आज आइतबार भाइटीका भएकोले सबै आ-आफ्नो पारिवारिक जमघट र टीकाटालोमै ब्यस्त हुनुपर्ने भएकोले पनि संघसंस्थाहरुले हिजो शनिबार एकै दिन दर्जनौ देउसीभैलो कार्यक्रमको आयोजना गरिएको बुझिएको छ ।***

तपाईको प्रतिक्रिया