Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १५, २०८२
Monday, April 28, 2025

टोकियो – गत शनिबार टोकियोमा एक नितान्त पृथक साहित्यिक कार्यक्रम सम्पन्न भयो । नेपाली साहित्य आकाशका पछिल्ला समयका एक उम्दा नक्षत्र लोकप्रिय गजलकार प्रदीप रोदनले आफ्ना गजलमार्फत टोकियोबासी साहित्यनुरागी नेपालीहरुलाई झुमाउनु झुमाए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१५८ औं मोती जयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को जापान च्याप्टरले आयोजना गरेको गजल साँझ कार्यक्रमका लागि आमन्त्रित गजलकार प्रदीपले कार्यक्रममा आफ्ना दर्जनौ गजलमार्फत देश सम्झाए, जिम्मेवार नागरिक हुनुको कर्त्तब्यबोध गराए, माया, प्रेम, मिलन, बिछोड, सुखदुःख र जीवन जगतसंग साक्षात्कार गराए अनि नेपाली समाजमा विद्यमान विसंगति र विकृतिको उछिट्टो काढे । युवा पुस्ताका अत्यधिक रुचाईएका गजलकार हुन् प्रदीप । उनलाई गजलका पिता भनेर चिनिने मोतीराम भट्टका उत्तराधिकारीका रुपमा पनि चित्रण गर्ने गरेको पाईन्छ । थोरै शब्द खर्चेर धेरै भाव ओकल्न सकिने ल्याकत राख्ने साहित्यको अत्यन्त सशक्त बिधा मानिने गजलको वास्तविक रसस्वादन गर्ने यो उचाईको अवसर जापानका नेपालीहरुले संभवत पहिलोचोटी पाएका हुन् ।

अनेसास जापानका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा भएको उक्त गजल साँझ कार्यक्रमका प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपाली साहित्यमा गजल बिधाको उन्नयन, बिकासक्रम र यसको महत्वलाई उजागर गर्न युवाकवि मोतीराम भट्टको योगदान बारे चर्चा गरेका थिए । जापानको माटोमा टेकेर नेपालको बाटो नापिरहेका जापानका नवउदीयमान गजलकारहरुको पनि गजल सुनेर आफु निकै प्रभावित भएको बिचार ब्यक्त गर्दै राजदूत डा. सुबेदीले प्रदीप रोदन जस्ता युवा पुस्ताका अब्बल गजलकारको गरिमामय उपस्थितिमा भएको उक्त कार्यक्रम हालसम्मको आफ्नो दुईबर्षे कार्यकाल कै उत्कृष्ट कार्यक्रम मध्यको एक रहेको जिकिर गरे ।

कार्यक्रममा अनेसासका पूर्व केद्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले अनेसास जापानको इतिहासमा दर्ज हुने लायकको फेरि अर्को कार्यक्रम थपिएकोमा प्रसन्नता ब्यक्त गरे । यसैगरी कार्यक्रममा एनआरएन जापानका अध्यक्ष नविन निउरेले यस प्रकारका साहित्यिक कार्यक्रमले विदेशमा रहेका नेपालीहरुलाई आफ्नो भाषा, साहित्य मार्फत एकताबद्ध गर्दै जन्मभूमिसंग जोड्न ठूलो मदत पुग्ने विचार ब्यक्त गरे । यसअघि अनेसास जापानका सदस्य समर प्रेमले प्रदीप रोदनसँगै गजल साँझ आयोजना गर्नुको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए ।

गजल साँझ कार्यक्रममा जापानमै रहेका दर्जनौ गजलकारहरुले पनि आ-आफ्ना गजल वाचन गरेका थिए । गजल वाचन गर्नेहरुमा दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, दीप पाठक, रबीन शर्मा, समर प्रेम, आनन्द अधिकारी, ध्रुब बञ्जाडे, अमरदेब बाँस्तोला, यमलाल कँडेल, दीपा घिमिरे, मनोज मौसम केसी, मीनराज बास्तोला, नगेन्द्र सुबेदी, बिष्णु सुबेदी, गणेश केसी, रबीन्द्र दिखुप्पा लगायतका थिए । दिपवे जापानको प्रमुख प्रायोजनमा भएको सो कार्यक्रमको शुभारम्भमा अनेसास जापानकी सदस्य भगवती क्षेत्रीको स्वागत मन्तब्य रहेको थियो । गजल साँझ कार्यक्रमको अनेसास जापानका महासचिव अनिलकुमार ‘निर्दोष’ र सदस्य बिनिशा सापकोटाले सञ्चालन गरेका थिए । ओसाका र नागोयामा पनि प्रदीप रोदनको गजल साँझ रहेको अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिएका छन।

समग्रमा कार्यक्रमले जबर्जस्त एउटा साहित्यिक सन्देश छोड्न सफल भएको छ । तथापि कार्यक्रममा अनपेक्षित केही कमीकमजोरी भने अवश्य रहे । थुप्रै कार्यक्रमहरुको बीचबाट अत्यन्त ब्यस्त समयलाई चिर्दै मुश्किलले समय निकालेर रोदनको गजल सुन्न नेपालीहरु हलमा पुगेका थिए । तर निर्धारित समयमा कार्यक्रम सुरु नहुनु, पट्यांईलाग्दो घण्टौ लामो आसनग्रहण गराईनु, प्रदीपको गजल सुन्न आतुर सहभागीहरुको मनोविज्ञान बुझ्न नसक्नु, कार्यक्रमको प्राइम टाईममा हलले प्रदीपलाई सुन्न चाहान्थ्यो तर दर्जनौ स्थानीय गजलकारहरु पश्चात मात्रै प्रदीपको पालो आउनु जस्ता कारणले प्रदीपको गजल नसुनिकनै फर्कनेहरुको जमात ठूलो रह्यो । कार्यक्रम सञ्चालनका क्रममा दर्जनौ अनुपस्थित अतिथिको नाम वाचन गरेर अनावश्यक समय खर्चेको भन्दै सहभागीहरुले टिप्पणी गरे । उपस्थित र अनुपस्थित अतिथिलाई सोलोडोलो गरेर आसन ग्रहणमा महत्वपूर्ण समय खर्च गर्ने प्रवृत्ति प्रायजसो जापानका कार्यक्रमहरुमा रहने गरेको पाईन्छ । सुधारका लागि समाजका जिम्मेवार अगुवाहरुले बेलैमा ध्यान पुर्‍याउनुपर्ने भुक्तभोगी नेपालीहरुको राय छ ।***

तपाईको प्रतिक्रिया