Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं- सरकारले केही सचिवलाई सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सचिव उमाकान्त झालाई कृषि तथा सहकारी मन्त्रालयबाट उद्योग मन्त्रालयमा, शङ्कर कोइरालालाई उद्योग मन्त्रालयबाट निर्वाचन आयोगमा, किशोर थापालाई निर्वाचन आयोगबाट शिक्षा मन्त्रालयमा, शङ्करप्रसाद पाण्डेलाई शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, शीतलबाबु रेग्मीलाई जल तथा ऊर्जा आयोगबाट स्थानीय विकास मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।
यसैगरी सचिव सुशील घिमिरेलाई स्थानीय विकास मन्त्रालयबाट महालेखा नियन्त्रकको कार्यालयमा, नाथु चौधरीलाई राष्ट्रिय सूचना आयोगबाट कृषि तथा सहकारी मन्त्रालयमा, विश्वप्रकाश पण्डितलाई सुदूरपश्चिम क्षेत्रीय प्रशासकबाट जल तथा ऊर्जा आयोगमा, सुरेशमान श्रेष्ठलाई मध्यपश्चिम क्षेत्रीय प्रशासकबाट राष्ट्रिय सूचना आयोगमा र प्रमोद कार्कीलाई संस्कृति मन्त्रालयबाट कानुन सुधार आयोगमा सरुवा गरेको भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।
यसैगरी संसदीय सुनुवाइपछि बङ्गलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको नियुक्तिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरिएको छ ।
त्यस्तै नागरिक लगानी कोषको अध्यक्षमा ओपेन्द्र शर्मा, ग्रामीण आवास कम्पनीको अध्यक्षमा विनयकुमार कर्ण र नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा डा. जीवनाथ धिताललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
रुग्ण उद्योग पुनरुत्थान उच्चस्तरीय कार्यदलको म्याद पुनः एक महिना थप्ने, चमेलिया, राहुघाटलगायतका जलविद्युत् आयोजनालाई वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने तथा शान्तिवार्ता टोली र संयुक्त तराई मुक्ति मोर्चा (पवन समूह) सित वार्तामा भएको सहमतिका बुँदाहरूलाई अनुमोदन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै केही नेपाल कानुनलाई व्यवस्था गर्न बनेको विधेयक र दूरसञ्चार पाँचौँ संशोधन नियमावलीलाई मन्त्रिपरिषद्को विधेयक समितिमा पठाउने निर्णय बैठकले गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया