Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी)ले अनुमति दिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरेको थियो । एन्फाको जवाफअनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिपोर्ट प्राप्त भएको छ । यसअघि विभिन्न विषयमा प्रश्न उठाउँदै एएफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भनेपछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो । यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन दिएको अखिल नेपाल फुटबल संघले जानकारी दिएको छ ।

दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिएको थियो । जसका कारण विश्वकप फुटबलअन्तर्गतको दोस्रो चरणको खेल नेपालमा हुन सकेन । लामो समयदेखि संघले संरक्षण गर्दै आएको खेल मैदानप्रति एएफसीले प्रश्न उठाएपछि परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले २०८० चैत्रदेखि परिषद् आफैँले रंगशालाको खेलमैदान संरक्षण र मर्मतको जिम्मा लिने निर्णय लिएका थिए ।

मैदानले एसफसीबाट पुनः मान्यता पाएपछि परिषद्का सदस्य-सचिव घिसिङले नेपाली दर्शकले फेरि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए । उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया