Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – चीनले हाइड्रोजनबाट चल्ने पहिलो ट्रेनको सफल परीक्षण गरेको छ । घरेलु रूपमा विकसित गरिएको यो प्रविधि गत बिहीबार परीक्षण गरिएको थियो । विश्व नै वायु प्रदूषणको समस्यासँग लडिरहेको बेलामा चीनमा निर्मित हाइड्रोजनबाट चल्ने रेल स्वच्छ सहरी यातायातका लागि महत्वपूर्ण कदम साबित हुन सक्ने जनाइएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ट्रेन हाइड्रोजन ऊर्जा प्रोपल्सन प्रणालीमा चल्छ, जसले परीक्षण डेटाअनुसार प्रतिकिलोमिटर मात्र ५ किलोवाट घण्टाको औसत ऊर्जा खपत गर्दछ । ऊर्जा दक्षताको हिसाबले यो धेरै राम्रो संख्या हो ।

सीजीटीएनका अनुसार हाइड्रोजनबाट चल्ने ट्रेनको यो परीक्षण बिहीबार बिहान जिलिन प्रान्तको चाङचुनमा भएको थियो । यो प्रविधि सीआरआरसी चाङचुन रेलवे गाडीले विकास गरेको हो । यसको सफल परीक्षणको दौडान ट्रेनले पूर्ण रूपमा लोड हुँदा १६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्‍यो । ट्रेनले १ हजार किलोमिटर भन्दा बढीको प्रभावशाली ड्राइभिङ गरेको थियो, जसले इन्धन भर्नको लागि रोक्नको आवश्यकतालाई उल्लेखनीय रूपमा घटाउँछ ।

परीक्षणमा यात्रा तय गर्नु अघि हाइड्रोजन पावर प्रणालीले स्थायित्व, अत्यधिक तापक्रम माइनस २५ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म कम्पन प्रतिरोध, विद्युत चुम्बकीय अनुकूलता र आगो सुरक्षाको लागि परीक्षण पार गरेको छ । यो सफल परीक्षण चीनको रेल ट्रान्जिटको लागि एक प्रमुख कोसेढुङ्गा हो ।

तपाईको प्रतिक्रिया