Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं- बाबुराम भट्टराई नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनालका भाइ समाज कल्याण परिषद्का उपाध्यक्ष दाताराम खनाललाई निलम्बन गरेको छ ।
भ्रष्टाचारको आरोप लगाउँदै दाताराम खनाललाई हटाइएको हो । उनीसँगै दुई कर्मचारी पनि निलम्बनमा परेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को निर्णय नहुँदासम्मका लागि उपाध्यक्ष खनाल, कोषाध्यक्ष रत्नबहादुर गाहामगर र सदस्य सचिव छेवाङ नाम्गेललाई निलम्बन गरेको हो ।
उता, सरकारले सेनाका सहायक रथी रामकृष्ण अधिकारी र राजेन्द्र क्षेत्रीलाई उपरथीमा बढुवा गरेको छ । यस्तै प्राविधिकतर्फ सहायक रथीहरु डा. ध्रुवबहादुर साह र डा. श्यामसुन्दर शर्माको पदावधि तीन वर्ष थप गरिएको छ ।
यस्तै, सरकारले शिक्षा सेवा आयोगको अध्यक्षमा उदयराज सोतीलाई पुनः अर्को चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारले केही दिन अघि राजिनामा दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष दीपेन्द्रनाथ शर्माको राजीनामा स्वीकृत गर्दै खुल्ला प्रतिष्पर्धाबाट पदपुर्ति गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता कार्यविधिलाई संशोधन गरेको छ । यो कार्यविधि संशोधन भएपछि अब सरकारले दिने उपचार खर्च व्यक्तिलाई नदिएर अस्पताललाई दिने व्यवस्था गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया