Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – अबदेखि काठमाडौं उपत्यकामा पनि घरजग्गा धितो राखेर अधिकतम ५० प्रतिशत कर्जा (ऋण) लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गत वर्ष वित्तीय प्रणालीमा तरलता अभाव भएपछि काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । संशोधित निर्देशिकामार्फत अब उपत्यका र उपत्यका बाहिर लोन टु भ्यालु रेसियो समान ५० प्रतिशत कायम गरिएको छ । व्यक्तिगत आवासीय घरकर्जामा भने यसअघि नै बढीमा ६० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था छ ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘घरजग्गा धितो राखी यस्तो नयाँ कर्जा प्रवाह गर्दा, कर्जा थप वा कर्जा नवीकरण गर्दा कर्जा र सोको धितो सुरक्षण फेयर मार्केट भ्यालुबीचको अनुपात (लोन टु भ्यालु रेसियो) बढीमा ५० प्रतिशतसम्म मात्र काय हुनेछ ।’

राष्ट्र बैंकले रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात (लोन टु भ्यालु रेसियो) देशैभर ५० प्रतिशतसम्म कायम गरेको छ । यसअघि काठमाडौं उपत्यकाभित्र बढीमा ४० प्रतिशतसम्म र अन्य स्थानको हकमा बढीमा ५० प्रतिशतसम्म मात्र कायम थियो ।

यस्तै, नियमाअनुसार दर्ता भइ सञ्चालनमा रहेका स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी तथा परियोजनाहरुलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि परियोजनाहरुले यस्तो सुविधा पाउने व्यवस्था थिएन ।

राष्ट्र बैंकको यो व्यवस्थाले रियल इस्टेटे व्यवसायी पनि उत्साहित बनेका छन् । अब सुस्ताएको घरजग्गा कारोबारले गति लिने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया