Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको नियमित साहित्यिक कार्यक्रमको ६५ औं शृङ्खला मंगलबार विविध साहित्यिक कार्यक्रमहरु सहित राजधानी टोकियोमा सम्पन्न भएको छ ।

सो अवसरमा जापानमै रहेका स्रष्टाहरुका तीन कृति विमोचन भएको छ । विमोचित कृतिहरुमा मञ्जुल मितेरीको कविता संग्रह ‘कामी’, मञ्जु गिरीको कविता संग्रह ‘साकुराको देशबाट’ र केबी पारखीको मुक्तक संग्रह ‘मनको मन्दिर’ रहेका छन् । प्रकाशित कृतिहरुको प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी क्षेत्रीले विमोचन गर्नुभएको थियो ।

अनेसास जापानका अध्यक्ष रबिन शर्माको सभापतित्वमा भएको सो साहित्यिक समारोहमा बोल्दै राजदूत डा. क्षेत्रीले प्रवासका नेपाली मनहरुलाई घरबाससंग जोड्न नेपाली भाषा, साहित्य र कलाको महत्वपूर्ण भूमिका रहने बिचार ब्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरुबाट नेपाली एकतालाई थप मजबुत बनाउन र साहित्यिक, बौद्धिक एवं प्राज्ञिक बहस चलाउन मदत पुग्ने धारणा ब्यक्त गर्नुभयो ।

विमोचित तीन कृतिहरुमाथि फरक-फरक तीन साहित्यकारहरुले समीक्षात्मक चर्चा गर्नुभएको थियो । जसअनुसार मितेरीको ‘कामी’ कृतिका बारेमा साहित्यकार अमृत ढकाल, गिरीको ‘साकुराको देशबाट’ कृतिका बारेमा अनेसासका केन्द्रिय सचिव तथा अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठक र पारखीको ‘मनको मन्दिर’ कृतिका बारेमा साहित्यकार गोविन्द गिरीले समीक्षात्मक विश्लेषण गर्नुभएको थियो । यसैगरी स्रष्टात्रयले विमोचित आ-आफ्ना कृतिका बारेमा बोल्दै कृतिले बोकेको केन्द्रीय भाव र कृतिले दिन खोजेको सन्देश बारे प्रकाश पार्नुभएको थियो ।

साहित्यिक समारोहको दोस्रो चरण ‘मुक्तक मञ्जरी’ मा मुक्तककारहरु क्रमशः अरुण पौडेल, पिताम्बर चापागांई, रचना रचु र समर प्रेमको सशक्त एवं चोटिला मुक्तकहरुले देश, काल, समय, परिस्थिति, थिति-बेथिति, प्रेम, संयोग, बियोग, आरोह-अवरोह, क्रान्ति-शान्ति तथा विद्रोहका आगो ओकलेका थिए । मुक्तकले बोक्न सक्ने आयतनभारलाई उनीहरुले कलात्मक एवं दमदार ढंगले पर्गेल्न सफल भएका  थिए । साहित्यको विराट फाँटमा मुक्तक बिधाको औचित्य, गहिराई-उचाई, महत्व र बिशाल सोपानलाई मुक्तककारहरुले सुन्दर ढंगले प्रष्ट्याएका थिए । मुक्तकलाई ‘गागरमा सागर अट्न सक्ने बिधा’ का रुपमा लिईन्छ र भनिन्छ, यसको छोटो संरचनाभित्र जीवन र जगतका सारगर्भित अनुभूतिहरु र मोतीमय विचारहरु अट्न सक्छ ।

साहित्यिक समारोहमा अनेसास जापान तथा अनेसास केन्द्रका पूर्व अध्यक्ष प्रकाश पौडेल ‘माइला’ प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष कुलचन्द्र खरेल, नेपाल र नेपाली भाषा-साहित्यबारे जानकार जापानी नागरिक हारुहितो नोजु, नेपाल जापान चेम्बर अफ कमर्श जापान च्याप्टरका अध्यक्ष डा. बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, अनेसास जापानका पूर्व अध्यक्ष आलोक चालिसे लगायतले विमोचित कृति र सामाजिक रुपान्तरणका लागि साहित्य एवं भाषाको महत्व एवं उपादेयता बारेमा प्रकाश पार्नुभएको थियो ।

साहित्यिक समारोहमा मिनराज बास्तोला, यमा शेचन गुरुङ, गृष्मा पौडेल लगायतका स्रष्टाहरुले आ-आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।

राष्ट्रियगानबाट सुरु भएको साहित्यिक समारोहको प्रारम्भमा अनेसास जापानका उपाध्यक्ष आनन्द अधिकारीको साहित्यिक स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव अनिलकुमार ‘निर्दोष’ को रहेको थियो । कार्यक्रमको अन्तमा, समारोहका सभापति शर्माले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै सबैमा धन्यबाद ज्ञापन गर्दै अर्को शृङ्खलामा भेट्ने वाचासहित समारोहको बिट् मार्नुभएको थियो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया