Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडाैं – भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति निदाउने त ?

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच)को तथ्य पत्रअनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ । यसकालागि निम्न सूचीले प्रष्ट्याउँछ ।

– नवजात शिशुलाई १६–१८ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जानुअघिका बालबालिका ११–१२ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घन्टा सुत्नु पर्दछ ।
– किशोर उमेरमा व्यक्ति ९–१० घन्टा सुत्नु पर्दछ ।
– र वयस्कसँगै पाको उमेरका व्यक्ति ७–८ घन्टा निदाउन आवश्यक छ ।

यदि राती अबेलासम्म सहज रुपमा निन्द्रा नपरे यसकालागि केही उपाय अपनाउन सकिन्छ ।
– बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
– चिया, चुरोट, खैनी लगायतको सबै अम्मल त्याग्ने ।
– दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
– सुत्नुभन्दा ३ घन्टा पहिले नै खाना खाने ।
– निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
– आफूलाई सहज हुने आसनमै पल्टिएर निदाउन खोज्ने ।
– सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
– सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
– सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्काे दिनबारे पनि नसोच्ने ।
– सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
– सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
– नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने ।

तपाईको प्रतिक्रिया