Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025


टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले नेपालमा सम्पर्क सचिवालयको स्थापना गरेको छ । नेपाली भाषा र साहित्यकोप्रवर्धन गर्न ३० वर्षअघि अमेरिकामा खुलेको नेपाली साहित्यकारहरुको यो संस्था अहिले विश्वभर दर्जनौ मूलुकमा छरिएको छ । जसको आजीवन सदस्य सङ्ख्या दुई हजार दुई सयभन्दा बढी भएको बताइन्छ ।

काठमाडौँस्थित पुतलीसडक नजिकै रहेको उक्त सचिवालयले डायस्पोरा अध्यायन केन्द्र पनि सञ्चालन गर्ने भएको छ । केन्द्रले विदेशमाबसेर लेखिएका नेपाली भाषाका साहित्यको खोज, अनुसन्धान एवं प्रकाशनको वातावरण तयार पार्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सचिवालय खोल्न केही वर्षदेखि लागिपरेका अध्यक्ष प्रकाश पौडेल माइलाले आफ्नो कार्यकालमा उक्त काम भएकोमा खुसी व्यक्त गर्नु भएको थियो । कुराकानीको क्रममा पौडेलले भन्नुभयो, ‘हामी अधिकांश आजीवन सदस्यहरु नेपालमै जरा गाडिएका साहित्यकारहरू छाैँ । संसारको जुनसुकै कुनामा भए पनि दुई चार वर्षमा नेपाल पुगेकै हुन्छौँ । तर नेपालमा आफ्नो औपचारिक सम्पर्क कार्यालय नहुँदा संस्था ठूलो भए पनि यसले धेरै खालको अप्ठ्यारो बेहोर्नुपरेको थियो । अब ती समस्या समाधान हुने भएका छन् ।’

पौडेलका अनुसार केन्द्रीय सचिवालयमा कर्मचारी सहितको हेल्प डेस्क, डायस्पोरा डेस्क एवं समन्वय समिति रहनेछ । जसले केन्द्र रच्याप्टरका गतिविधिहरुलाई विधिसंवत ढङ्गले व्यवस्थापन गर्ने छ । साथै डायस्पोरिक साहित्य अध्ययन गर्नेहरुका लागि सुविधा पनि प्रदान गर्नेछ ।

त्रिभुवन विश्वविद्यालयले आफ्ना पाठ्यक्रमहरुमा डायस्पोरिक लेखनलाई पाठ्यक्रममा पनि समावेश गरेका कारण पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले डायस्पोरिक लेखनको महत्त्व बढेको भन्दै त्यसको डेस्क स्थापना गरेको जनाएको छ ।

भानु जयन्तीका अवसरमा सचिवालयको उद्घाटन गर्दै प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको केन्द्रीय कार्यालय एवं डायस्पोरा डेस्क स्थापना हुनुले नेपाली माटोसँग विश्वभर छरिएर रहेका साहित्यकारलाई नेपालसँग अझैनजिक जोडेको बताउनु भयो । नेपाली भाषा र साहित्यमा अहोरात्र खटिरहेको संस्थाले पृथ्वीको पूर्वी कुनादेखि पश्चिमी कुनासम्मजोडेको मात्र होइन, नेपाली साहित्यलाई सतत् अघि बढाइरहेकोमा प्रशंसा गर्नुभयो ।

अनेसासको सचिवालयले केन्द्र र च्याप्टरबीचको समन्वय, केन्द्र र ट्रस्टीबीचको अभिलेखीकरण, सूचना र समाचारको सम्प्रेषण तथा आजीवन सदस्यहरुको व्यवस्थित समन्यव गर्ने जनाएको छ ।

कार्यालय उद्घाटनका क्रममा निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले सचिवालय व्यवस्थितरूपमा खुलेकोमा खुसी व्यक्त गर्नुभयो ।उहाँले यसको लागि व्यवस्थित प्रयास गर्ने नयाँ कार्यसमितिको कार्यप्रति पनि सन्तोष व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार एवं संस्थाका बोर्ड अफ ट्रस्टीका सदस्य महेश पौड्यालले संस्था खुलेको ३० वर्षसम्म व्यवस्थित कार्यालयनहुँदा भएका अप्ठ्याराहरु अब हटेर जानेमा खुसी व्यक्त गर्नुभयो । उहाँले कार्यालय खुल्दा यसका शुभचिन्तक निकै खुसी भएको भन्दै थप अध्यायन र अनुसन्धानमा टेवा पुर्याउने हेतुले डायस्पोरा अध्यायन केन्द्र स्थापना गरेको जनाएको छ ।

त्यस्तै बोर्ड अफ ट्रष्टीका सल्लाहकार प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले कार्यालय स्थापनापछि संस्थाले अझै गति लिनेमा विश्वास व्यक्तगर्नुभयो ।वहाँले थप्नु भयो शुरुवात भन्दा निरन्तरता अझै महत्त्वपूर्ण कुरा हो ।

जापानबाट प्रविधिमार्फत जोडिएका प्रकाश पौडेल माइलाले सबैको सहयोगमा अनेसासको सचिवालय एवं डायस्पोरा अध्यायन केन्द्रखुलेकोमा सम्बन्धित सबैमा आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोर्ड अफ ट्रस्टीको शुभकामना सन्देश सुमन वर्षाद्वारा पढेर सुनाइएकोथियो ।

कार्यक्रमको स्वागत मन्तव्य अनेसास नेपाल च्याप्टरका उपाध्यक्ष राजेन्द्र केसीले राख्नु थियो भने कार्यक्रमको सञ्चालन नेपालच्याप्टरका महासचिव ऋषभदेव घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीकोसभापतित्त्वमा भएको कार्यक्रममा रन्जना निरौला, शान्ता बस्नेत, शान्ती रिसाल, सुमन वर्षाले रामायण बाचन गर्नु भएको थियो ।

सचिवालय आजैदेखि सञ्चालमा आएको बताइएको छ । भर्चुअल माध्यमबाट केन्द्रीय पदाधिकारीहरु र विभिन्न च्याप्टरका अध्यक्ष रपदाधिकारीहरु जोडिनु भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया