Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रले अन्तर्राष्ट्रिय बजारको मूल्यभन्दा सस्तो आइसोलेसन च्याम्बर तयार पारेको छ । केन्द्रले कोरोना भएका तथा आशंका गरिएका बिरामीहरुलाई एक ठाउँदेखि अर्को ठाउँसम्म सुरक्षित रुपमा सार्न मिल्ने आइसोलेसन च्याम्बर निर्माण गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कोभिड १९ का संक्रमित बिरामीहरुलाई ओसारपसार गर्न अनुमति पाएका दुई एयरलाइन्स मध्ये कैलाश एयरलाइन्सले केही समय अघि तीन लाख रुपैयाँमा चीनबाट ल्याएको आइसोलेसन च्याम्बर केन्द्रले भने ८० हजारमै निर्माण सम्पन्न गरेको निर्माण टोलीका सदस्य तथा मेकानिकल डिजाइनर दीपेन्द्र बस्नेतले  बताए ।

राष्ट्रिय आविष्कार केन्द्रमै विभिन्न प्रोजेक्टका लागि खटिएका बायोमेडिकल, इलेक्ट्रोनिकल तथा मेकानिकल इंजिनियरहरुको टिमले उक्त च्याम्बर परियोजना सम्पन्न गरेको हो । विदेशी आइसोलेसन च्याम्बरको तुलनामा सस्तो भए पनि यसको गुणस्तरमा भने कुनै पनि सम्झौता नगरिएको बस्नेतले बताए ।

‘सामान्यतया पैसा कम हुँदा गुणस्तर नराम्रो होला भनेर मान्छेहरु बुझ्ने गर्छन्,’ बस्नेत भन्छन्, ‘तर यहाँ त्यस्तो छैन, हामीले प्रारम्भिक चरणबाट नै स्थानीय संसाधन प्रयोग गरेका छौं ।

यहाँकै बायोमेडिकल इंजिनियर तथा चिकित्सहरुसँग पनि परामर्श लिइरहेका छौं । सबै कुरा परीक्षण भइसकेका छन् । गुणस्तरताको कुरामा कुनै सम्झौता गरेका छैनौं ।’

कोभिड १९ को महामारी सुरु भएको तीन महिनापछि थालिएको उक्त परियोजना आवश्यक सामग्रीको अभावमा  पाँच महिनासम्म रोकिएको थियो । तर पछि पुनः यसलाई सुचारु गरेर केन्द्रले हालै यसलाई पूर्णता दिएको हो ।

केन्द्रले यसका लागि स्थानीय रुपमै उपलब्ध संसाधनहरुको प्रयोग गरेको छ । ब्यागका लागि प्लास्टिक तथा पीभीसी फेब्रिकहरु प्रयोग गरेको छ ।

त्यस्तै सेक्सन लिमिट निर्माणका केही जटिल भएको हुँदा पङ्खा जस्ता विभिन्न सामग्री विदेशबाट आयात गरिएको बस्नेतले बताए । परीक्षणकालमा मनाङ एयरलाई दानमा दिइएको एउटा आइसोलेसन च्याम्बर प्रोटोटाइपमाथि थप परामर्श लिएर सुधार गरिएको छ ।

हालको नयाँ मोडेलले स्वास्थ्य मन्त्रालयबाट समेत प्रमाणीत भइसकेको बस्नेतले बताए । हाल केन्द्रमा आइसोलेसन च्याम्बरका लागि धेरै ठाउँबाट सोधपुछ तथा सम्पर्क हुने गरेको छ ।

कोरोना संक्रमितबाट उत्पन्न हुने नकरात्मक दबावका कारण बिरामीलाई बाहिरी वातावरणबाट यस किसिमको च्याम्बरले अलग्याउने गर्दछ । साथै यसले बाहिरबाट फिल्टर हावा पठाएर विरामीको श्वास प्रश्वासमा समेत सहयोग पुर्‍याइरहेको हुन्छ ।

तपाईको प्रतिक्रिया