Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – ठुल्ठुला कोर्पोरेट जस्तै कोकाकोला र पेप्सी, बोइङ र एयरबस, मेक–डोनाल्ड्स र बर्गर–किङ एउटै क्षेत्रमा भएकाले पनि यी कम्पनीहरुबीच ठूलो प्रतिस्पर्धा हुने गर्दछ । तर, फेसबुक र एप्पल दुई भिन्दाभिन्दै प्लेटफर्मका व्यवसाय भए पनि यिनीहरुबीच विवाद चलिरहने गरेको छ भने दुवैले एकअर्कालाई पटक्कै मन नपराउने गरेको पनि धेरैचोटी स्पष्ट भइसकेको छ । फेसबुक र एप्पल प्राविधिक कम्पनी हुनुबाहेक तिनमा कुनै समानता छैन । फेसबुकको लगभग सबै आम्दानी विज्ञापनबाट हुन्छ भने एप्पलले आफ्ना डिभाइस र एप स्टोर बेचेर कमाइ गर्छ ।

विगत धेरै वर्षदेखि एप्पलका टिम कुकले फेसबुकलाई आफ्ना ग्राहकहरुसँग उत्पादन समान व्यवहार गरेको र तिनको व्यक्तिगत डाटा र गोपनीयताको दुरुपयोग गरि विज्ञापनबाट पैसा कमाइरहेको आरोप लगाउँदै आएका छन् । अर्कोतर्फ फेसबुकका मार्क जुकरबर्गले चाहिँ एप्पलको उत्पादन अधिक महङ्गो भएको र फेसबुकको आलोचना गर्नुका पछाडि पनि कुकको अरु नै गलत उद्देश्य भएको आक्षेप लगाउने गरेका छन् ।

न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार गतवर्ष एप्पलले आफ्ना डिभाइसहरुमा फेसबुकको डेभेलपर टुलसमेत हटाइदिएको थियो । सबैभन्दा पछिल्लो घटनामा चाहिँ गतसाता मात्र एप्पल र फेसबुकका अधिकारीबीच फेरि भनाभन हुँदा दुई कम्पनीबीचको विवाद अझ खराब स्तरमा पुगेको बताइएको छ ।

२०२० को सुरुवातमा एप्पलले आफ्ना डिभाइसमा नयाँ फिचरयुक्त टुल र ‘एप ट्रयाकिङ ट्रान्सपेरेन्सी’ राख्ने घोषणा गरेको हो । यसले हाम्रा डिभाइसका सबै व्यक्तिगत डाटाहरु हामीलाई थाहा नदिइ अन्य स्रोतकहाँ पुग्नबाट रोक्छ र त्यस किसिमको गतिविधिलाई नियन्त्रण गर्दछ । यो विशेषगरी फेसबुकका लागि ठूलो समस्या हुनसक्छ किनकि फेसबुकले तिनै डाटाहरुमार्फत ग्राहकलाई लक्षित विज्ञापन दिने गरेको छ जसकारण फेसबुकको नाफामा क्षति पुग्ने निश्चित छ । एप्पलले यसको तयारी गर्न अर्को वर्षसम्मको समय दिएको छ ।

यस सम्बन्धी गत हप्ता एप्पलकी जेन होभर्थले भनेकी छन्, “फेसबुकका कार्यकारी प्रमुखले यसअघि नै स्पष्ट पारिसकेका छन् कि उनी ग्राहकहरुबाट सक्दो डाटा संकलन गरि त्यसबाट फाइदा लिनेछन् । र यो भनेको प्रयोगकर्ताहरुको ‘गोपनीयता अधिकार’ पूर्ण बेवास्ता गर्नु हो ।”

सो भनाइको जवाफमा फेसबुकले पनि एप्पलमाथि उनीहरुले बजारबाट आफ्ना शीर्ष प्रतिस्पर्धालाई बाहिर निकालेर एकछत्र राज गर्न खोजिरहेको र सम्भवत आफ्नै किसिमले डाटा संकलनको तयारी गरिरहेको बताएका छन् ।

फेसबुकले भनेको छ, “उनीहरुले यसमा गोपनीयता अधिकारको दाबी गरेका छन् तर वास्तवमा यी सबैकुरा नाफाका बारेमा मात्र हो ।”

एप्पलले वर्षौँ अगाडि नै आफूहरु फेसबुकभन्दा धेरै सफा व्यवसायको दाबी गर्दै यो विषयमा गर्भ मान्दै आएको छ । २०१० मा स्टिभ जब्सले समेत फेसबुकलाई त्यसको गोपनीयता सम्बन्धी नीतिलाई लिएर चेतावनी दिएका थिए । २०१८ मा उनैको कुरा दोहोर्याउँदै कुकले भनेका हुन्, “हामीले पनि फेसबुक जसरी नै मानिसहरुको व्यक्तिगत डाटा प्रयोग गरि विज्ञापन बेचेर कमाइ गर्न सक्थ्यौँ तर हामीले त्यस्तो नगर्ने निर्णय गरेका हौँ ।”

तर, एप्पलले पनि साचेजति निष्पक्ष व्यवसाय गर्न नसकिरहेको देखिन्छ । जस्तै अहिले यो कम्पनीले विभिन्न कानुनी कारबाहीको सामना गर्नु परिरहेको छ । यसले डेभेलपरहरु माझ अअन्यायपूर्ण नीति लागू गर्न आफ्नो एपस्टोरको दुरुपयोग गरिरहेको आरोप छ । त्यसैगरी यसले कर नतिरेको कुरा पनि आइरहेको छ, जसलाई कम्पनीले अस्वीकार गर्ने गरेको छ । यसअघि जानीजानी पुराना आइफोन मोडलहरुको ब्याट्री ढिलो पारिदिएकामा पनि एप्पलले भारी जरिवाना तिर्नुपरेको थियो । विश्वको सबैभन्दा धनी कम्पनी भएर पनि एप्पलका उत्पादन महङ्गो भएकामा यो धेरैपटक आलोचित भइसकेको छ ।

तर, यी सबका बीच पनि आश्चर्यजनक कुरा के छ भने एप्पल र फेसबुक यी दुवै कम्पनी एकअर्कामा अधिक निर्भर छन् । किनकी फेसबुक, इन्स्टाग्राम, वाट्सएपलगायत नहुने हो भने एप्पलका डिभाइस धेरै ग्राहकहरुका लागि आकर्षक नहुन सक्छ । त्यस्तै मान्छेहरुले आइफोनबाट फेसबुक चलाउन पाएनन् भने त्यसको सट्टा अरु नै सामाजिक संजाल प्लेटफर्म खोज्न पनि सक्छन् । त्यसैले यी दुई कम्पनीहरुबीच स्वस्थ, बलियो र सहकार्य जनाउने किसिमको सम्बन्ध स्वभाविक हुनुपर्ने हो । तर, वास्तविकतामा त्यस्तो कहिँकतै छैन । उल्टै २०२१ मा यिनीहरुबीचको विवाद झन आक्रामक बन्दै जाने सम्भावना छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया