Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

टोकियो – नेपाली काँग्रेसको जापानस्थित भात्तृसँस्था नेपाली जनसम्पर्क समिति जापानले आउँदो १९ तारिख आइतवार सद्भाव पिकनिकको आयोजना गर्ने भएको छ ।

जापान प्रवासमा रहेका नेपालीहरुबिच आपसी एकता, सहकार्य, सहअस्तित्व र भाईचारा बिकासको लागि उक्त पिकनिक कार्यक्रमको आयोजना गरिएको सो सँस्थाका महामन्त्रि आनन्दबहादुर क्षेत्रीले समुद्रपारिलाई बताउनुभयो ।

सिनकीबा कोयन (पार्क) मा हुन गइरहेको सदभाव् पिकनिक कायर्क्रममा उपस्थित भईदिन आयोजक सँस्थाले समस्त जापानबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान समेत गरेको छ ।

पिकनिकमा सहभागी हुन ईच्छुकहरुका लागि प्रतिव्यक्ति २,००० येन र परिवारसहित ३,५०० येन शुल्क तोकिएको छ ।

स्मरण रहोस्, जापानमा संघसँस्थाहरुले पिकनिकलाई पनि एउटा मनोरञ्जनात्मक एवं भेटघाटका लागि उपयुक्त कार्यक्रमकारुपमा लिन थालेका छन् । थकाली सेवा समिति जापानले धेरै पहिलेदेखि हरेक बर्ष बिबिक्यू समर पिकनिकको आयोजना गर्दै आएको छ भने यो बर्षदेखि नेपाली जनप्रगतिशील मोर्चाले पनि पहिलोचोटी पिकनिक कार्यक्रम हालै सम्पन्न गरेको छ  र नेपाल जापान युथ क्लवले पनि हालै एक पिकनिक कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी नेपाली जनसम्पर्क समिति जापानले पनि आसन्न पिकनिक पहिलोचोटी आयोजना गर्न गईरहेको हो भने बिगत केहि बर्षदेखि समर पिकनिक गर्दै आएको पर्बत समाज जापानले पनि आउँदो २६ तारिख गेट-टुगेदर बिबिक्यू पार्टीकारुपमा पिकनिक कार्यक्रम गर्न गईरहेको जनाकारी प्राप्त भएको छ ।

नेपाली जनसम्पर्क समिति जापानद्वारा आयोजित १९ तारिखमा हुन गईरहेको पिकनिकको बिस्तृत जानकारी

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया