Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025
काठमाडौं- जापानको हिरोसिमामा अणुबम खसेको दुःखद घटनाको ६७ औँ वर्ष पूरा भएको सन्दर्भमा सो घटनामा परी दिवङ्गत हुनेहरूको स्मरणमा आज स्वयम्भु मन्दिरमा शान्तिको प्रार्थना गर्दै परेवा उडाइयो ।
शान्तिका लागि ऐक्यबद्धता (एलाइन्स फर पिस) ले आज आयोजना गरेको कार्यक्रममा जापानका लागि नेपालका पूर्व राजदूत डा. केदारभक्त माथेमाले मानव सभ्यताको विनास गर्ने त्यो घटना इतिहासमा कालो दिनका रुपमा रहेको भन्दै विश्वको कुनै पनि स्थानमा यस्ता घटना दोहोरिन नदिनका सबै चनाखो हुनुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ र जापानी स्वयमसेवक मासायुकी टोकुडाले शान्तिपूर्ण समाज निर्माणका लागि विनाशकारी हातहतियार, आणविक बमलगायतको उचित व्यवस्थापन जरुरी रहेको उल्लेख गर्नुभयो ।
शान्तिका लागि ऐक्यबद्धताका अध्यक्ष रमेश रायमाझीले विश्व शान्ति स्थापनाका लागि विभिन्न तह तप्कामा छलफल, अन्तरक्रिया तथा अन्य सामाजिक कार्यमा सो संस्था विगत १५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिनुभयो ।
यसअघि आनन्दकुटी बिहारबाट स्वयम्भू मन्दिरसम्म विद्यार्थी, समाजसेवी, उद्योगी लगायतको सहभागितामा विनाशकारी हातहतियार नष्ट गर्नुपर्छ भन्ने मूल नाराका साथ र्‍याली निकालिएको थियो । हिरोसिमामा ६ अगस्ट १९४५ मा अणुबम खसालिएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया