Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

टोकियो – नेपाली काँग्रेसको ललितपुर सानेपास्थित ‘बिपी स्मृति भवन’ केन्द्रिय कार्यालय निर्माण कार्यका लागि जापानबाट १३ लाख ८१ हजार १५ रुपैंया आर्थिक सहयोग जुटाई त्यसतर्फ पठाईएको छ ।

नेपाली काँग्रेसको जापानस्थित भात्तृसंगठन नेपाली जनसम्पर्क समितिले आफ्नो मातृपार्टीको केन्द्रिय कार्यालय भवन निर्माणमा सहयोग गर्न उक्त रकम संकलन गरी पठाएको हो ।

जापानमा रहेका नेपाली काँग्रेसमा आस्थावान प्रजातन्त्रप्रेमी नेपालीहरुबाट नेपाली जनसम्पर्क समिति जापानको सक्रियतामा संकलित उक्त रकम माउपार्टीको नाममा रहेको खातामा पठाएको सो सँस्थाका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो ।

उक्त रकम हिजो अगष्त २ तारिख बिहिबारका दिन सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनी जापानमार्फत पार्टीको खातामा पठाईएको हो ।

सँस्थाका अध्यक्ष बलराम श्रेष्ठ, महामन्त्री आनन्दबहादुर क्षेत्री, कोषाध्यक्ष नवराज थापा, सिटी एक्सप्रेस जापानका अध्यक्षसमेत रहनुभएका सँस्थाका पूर्वअध्यक्ष महेशकुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनि ट्रान्सफर कम्पनी नेपालका अध्यक्ष चन्द्र टन्डनको उपस्थितिमा उक्त रकम पार्टीकेन्द्रको खातामा ट्रान्सफर गरिएको थियो ।

‘पार्टीलाई माया गरी आर्थिक सहयोग गर्नुहुने सबै महानुभाबहरुलाई जनसम्पर्क समिति जापान हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ – सँस्थाका महामन्त्री आनन्दबहादुर क्षेत्रीले भन्नुभयो – ‘यसप्रकारको सहयोगले समग्र पार्टीलाई बलियो बनाउनुकासाथै लोकतन्त्रको दिगो बिकासमा यथेष्ट सहयोग पुग्ने बिश्वास लिएका छौं |’

जनसम्पर्क समितिले जानाकारी गराएअनुसार बिपी स्मृति भवन निर्माणार्थ आर्थिक सहयोग प्रदान गर्ने सहयोगीहरुमा बलराम श्रेष्ठ, कृष्णप्रसाद सुबेदी, महेशकुमार श्रेष्ठ, शेरबहादुर केसी, आनन्दबहादुर क्षेत्री, नबराज थापा, राजेन्द्र जम्मरकट्टेल, चिरञ्जीबी थापा, कपिलदेब थापा, दिपक सुबेदी, हरि शेरचन, पारसमणि पोखरेल, ऋतेन्द्र गिरी, लालबहादुर केसी (रोशन), बिष्णुहरि रेग्मी, दण्डपाणी कंडेल र गोबिन्द थकाली रहनुभएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया