Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – भारतीय अन्तरिक्ष मिसनका लागि कोशेढुंगा मानिएको चन्द्रयान-२ को प्रक्षेपण हुनै लागेको छ । यसको सबै तयारी पूरा भइसकेको छ ।  भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-२ ओराल्न तयार छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चन्द्रमाको त्यस भागका बारेमा संसारलाई धेरै जानकारी छैन । इसरोका अनुसार, चन्द्रयान-२ चन्द्रमाको भौगोलिक वातावरण, खनिज, तत्त्व, वायुमण्डलको बाहिरी तह र पानीका बारेमा जानकारी जुटाउनेछ । चन्द्रमामा पुगिसकेका अमेरिका, रुस र चीन पनि त्यस ठाउँमा पुगेका छैनन् । चन्द्रमाको त्यस भागको बारेमा धेरै जानकारी आइसकेको छैन ।

भारतको चन्द्रयान-१ मिसनका बेलामा दक्षिणी ध्रुवमा हिउँ पत्ता लागेको थियो । त्यतिखेरबाट नै त्यस भागप्रति संसारका अनेक देशको रुचि छ । भारत यसपालिको मिसनमा दक्षिणी ध्रुवनजिक नै अवतरण गर्नेछ । चन्द्रयान-२ मार्फत भारतले बहुमूल्य सम्पत्ति खोज्न सक्ने र यसबाट खर्बौं डलर कमाइ हुन सक्ने मानिएको छ । यसले लगभग ५०० वर्षसम्म मानिसको ऊर्जा आवश्यकतालाई पूरा गर्न सक्छ अनि खर्बौं डलर कमाइ पनि गर्न सक्छ । चन्द्रमाबाट प्राप्त यो ऊर्जा वातावरणीय रूपमा सुरक्षित हुनेछ अनि यसले तेल, कोइला र आणविक फोहरबाट हुने प्रदूषण पनि हटाउनेछ ।

मिसन चन्द्रयान-२ मा भारतका लागि अनेकौं चुनौती छन् । भारत पहिलोपटक चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्नेछ । यसअघि जुलाई १५ मा चन्द्रयान-२ को प्रक्षेपण गरिनुपर्ने थियो तर क्रायोजेनिक इन्जिनमा लीकेज भएका कारण यसलाई सोमवारसम्मका लागि रोकिएको थियो । इसरोका प्रमुखले अवतरणभन्दा १५ मिनेट पहिलेको समय निकै चुनौतीपूर्ण हुने बताएका छन् । पहिलोपटक चन्द्रमामा सफ्ट ल्यान्डिङ गरिन लागेको भएर १५ मिनेट निकै तनावपूर्ण हुने उनको भनाइ छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया