Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडाैं – नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू-उपग्रहलाई आजबाट पृथ्वीको कक्षमा परिक्रमाका लागि अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रबाट छाडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्रस्थित किबो मोज्युलबाट अपरान्ह ४ बजे नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाडिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाली स्याट १ लाई सफलतापूर्वक अन्तरिक्ष कक्षमा छाडिएपछि अमेरिकी अन्तरिक्ष संस्था नासाका एस्ट्रोनट निक ह्याकले नेपाललाई बधाइ दिएका थिए । बर्डस परियोजना अन्तर्गत जापानको क्युटेक विश्वविद्यालयको सहयोगमा गत वैशाख ४ गते अन्तरिक्षमा प्रक्षेपण गरिएको उक्त भू-उपग्रहलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा राखिएको थियो ।

नेपाली स्याट-१ लाई पृथ्वीको कक्षमा छाड्दै गर्दा उक्त अवसरको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो । पृथ्वीको कक्षमा छाडिएको भू–उपग्रहले अबको तीन दिनदेखि तथ्यांकहरु दिन सुरु गर्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले जनाएको छ ।

पृथ्वीको भूमध्ये रेखाबाट ९० डिग्रीको कोण भएर करिब ४ सय किलोमिटर माथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५-१० मिनेटसम्म रहने बताइएको छ । स्याटालाइटमा ४३७ मेघाहर्जको यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ। ‘ग्राउण्ड स्टेशन’मा भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गरिनेछ ।

तपाईको प्रतिक्रिया