Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
अझै शुक्रबारसम्म आँधीको प्रकोप रहने
ओसाका– जापानको दक्षिणपश्चिममा अवस्थित क्युसु द्वीपमा भारी वर्षाको क्रम नरोकिए पछि त्यहाँका करिब तीन हजार व्यक्तिलाई त्यस क्षेत्रबाट सरकारले सुरक्षित स्थानमा सारेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गत हप्तादेखिनै सुरु भएको यस भारी वर्षा पछिको बाढी र पहिरोको प्रकोपबाट बचाउन त्यस क्षेत्रबाट बिहीबार बिहानदेखिनै नागरिकलाई सार्ने काम सुरु भएको समाचारमा जनाइएको छ ।
बाढी र वर्षाका कारण हालसम्म सोही द्वीपमा कम्तीमा पनि ३० जनाको ज्यान गइसकेको जानकारी जापानी अधिकारीहरुले दिएका छन् । साथै सो बाढीका कारण त्यहाँका एकलाख भन्दा बढी नागरिक प्रभावित भएका पनि समाचारमा जनाइएको छ ।
सञ्चारमाध्यमले सो स्थानमा आँधीको पनि डर रहेको जनाएका थिए । यस प्रकोपबाट ६० स्थानमा पहिरोले सताएपछि अझै केही व्यक्ति बेपत्ता भएको पनि समाचारमा उल्लेख छ ।
सो द्वीप नजिकैको कुमामोतो प्रान्तको आसो सहरमा ५०० मिलिमिटरसम्म वर्षा भएपछि सो प्रकोप आएको समाचारमा उल्लेख छ । जापानको जलवायु निकायले अझै शुक्रबारसम्म आँधीको प्रकोप रहेको चेतावनी दिएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया