ओसाका(जापान)– दक्षिण–पश्चिम जापानी क्युसु द्वीपमा भारी वर्षाको क्रम नरोकिएको र त्यहाँ अहिलेपनि बाढी आइनै रहेको बताइएको छ ।
बाढी र वर्षाका करण हालसम्म सोही द्वीपमा कम्तीमा पनि ३० जनाको ज्यान गइसकेको जानकारी जापानी अधिकारीहरुले दिएका छन् । साथै सो बाढीका कारण त्यहाँका एकलाख भन्दा बढी नागरिक प्रभावित भएका पनि समाचारमा जनाइएको छ ।
यसैबीच स्थानीय सञ्चारमाध्यमले सो स्थानमा आँधीको पनि डर रहेको जनाएका छन् । यस प्रकोपबाट अझै केही व्यक्ति बेपत्ता भएको पनि समाचारमा उल्लेख छ । कुमामोटो प्रान्तको आसो सहरमा ५०० मिलिमिटरसम्म वर्षा भएपछि सो प्रकोप आएको समाचारमा उल्लेख छ ।
मौसमी वर्षा भारी मात्रामा आएपछि क्युसुद्वीप क्षेत्रमा बाढी र पहिरोको प्रकोपले सताएको जनाइएको छ । आज सो आँधीको समाचार सार्वजनिक भएपछि थप त्रास फैलिएको समाचारमा उल्लेख छ ।