टोकियो – गत एक महिना देखि ब्लड क्यान्सरले पीडित भई अस्पतालको शैयामा रहेकी नेपाली विद्यार्थी रोमा गुरुङको जीवन रक्षाका लागि यथासक्दो सहयोग गरिदिनको लागि सबै नेपालीहरु माझ नेपाली विद्यार्थी समाज जापान (नेसाज) ले एक अपिल जारी गरेको छ ।
उच्च जोखिमयुक्त तीव्र लिम्फोब्लास्टिक रक्तअल्पता (ब्लड क्यान्सर)बाट पीडित भई हाल भारतको भेल्लोरस्थित सीएमसी अस्पतालको शैयामा संघर्षरत रोमाको पूर्ण उपचारको लागि नेपाली १८ देखि २० लाख रुपैयाँसम्म लाग्ने उक्त अस्पतालले जनाएको छ ।
मध्यम बर्गीय परिवारमा जन्मिएकी रोमाले आफ्नो उपचारको लागि पारिवारिक खर्चले मात्र धान्न नसक्ने भएपछि सबैलाइ सहयोग गरि आफ्नो जीवनरक्षा गर्न सार्वजनिक अपिल गरेकी थिइन् । सोहि अपिलअनुसार जापानमा क्रियाशील विद्यार्थीहरुको संस्था नेसाजले एक होनहार नेपाली विद्यार्थीको जीवन रक्षाको लागि जापानबासी सम्पूर्ण महानुभाबहरु समक्ष यथासक्दो आर्थिक सहयोगको अपिल गर्दै संस्थाको बैंक खातामा सहयोग रकम संकलन गरिदिनको लागि बिनम्र अनुरोध गरेको छ ।
बैंक खातामा संकलन गरिएको रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरि स्थानीय संचार माध्यमहरुमा सहयोग गर्ने महानुभाबहरुको नामावली प्रकाशित गरिने सो संस्थाका अध्यक्ष कृष्ण भेटुवालले जानकारी दिनुभएको छ ।
पुल्चोक इन्जिनियरिंग कलेजमा स्नातक सम्मको अध्ययन गरि कोरियन सरकारको छात्रवृत्ति पाएर २०१० मा कोरियाको छुङबुक नेशनल विश्वविद्यालयमा इन्जिनीयरिङ संकायको स्नातकोत्तर तहमा अध्ययनरत रोमाको उपचार कोरियामा अत्यधिक महँगो हुनुका साथै कोरियन सरकारले उपचार सुबिधा नदिएकोले नेपाल लागिएको भएपनि नेपालमा समयमै उपचार पाउन नसक्ने भएपछि भारत लागिएको परिवार श्रोतले जनाएको छ ।
Account Name : NESAJ FUND Account Number : 12150 – 49410151 (JP Bank )