Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – निदाएका वेला सपना देख्नु अर्धचेतनको अवस्था हो । निदाएको समयमा पनि मस्तिष्क क्रियाशील रहने भएकाले कतिपय अवस्थामा सपना याद पनि हुने गर्छ । सामान्यतया अनेक विषयमा सपना देखिने गर्छ । प्रायः दैनिक जीवनमा भइरहेका त कहिले काल्पनिक दृश्यसमेत सपनामा देखिने गर्छ । सपनामा देखिएका घटनाले डराउने, आत्तिने र कतिपय अवस्थामा उठेर हिँड्नेजस्ता गतिविधिसमेत देखिन्छ । कहिलेकाहीँ डरलाग्दो सपना देख्नु सामान्य हो । तर, लगातार डरलाग्दो सपना आउन थाल्यो भने मनोवैज्ञानिक समस्या हो । यसको समयमै उपचार गर्नु आवश्यक हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

किन लाग्छ डर ?
सपना देख्ने कुरा व्यक्तिको मनोविज्ञानसँग समेत प्रत्यक्ष जोडिएको हुन्छ । निदाएका वेला पनि अंगहरूले काम गरिहने भएकाले शरीरका रसायनमा परिवर्तन आउँछ । धेरैजसो सपना याद रहँदैन । तर, देखेका वेला निद्रा खल्बलियो भने त्यो सपना सम्झिइरहन्छ । अनि, त्यहाँ देखिएका डरलाग्दा दृश्यले आत्तिने र डराउने हुन्छ । यसलाई मनोवैज्ञानिक प्रतिक्रिया भनिन्छ । यद्यपि, यो बिस्तारै आफैँ ठीक भएर जान्छ ।

प्रकार
बच्चाहरू सपनामा डराउने अवस्थालाई अनुसन्धानकर्ताहरूले दुई भागमा बाँडेका छन् । ती हुन्, नाइटमेयर डिसअर्डर र
नाइट ट्रेटर ।

कारण
-अनिद्रा तथा निद्राको गडबडीका कारण डरलाग्दा सपना देखिने गर्छ ।
-त्यस्तै, कमजोर मनोविज्ञान भएका मानिसले डरलाग्दा सपना बढी देख्ने गर्छन् । दिनभर घट्ने घटना, परिवेश र वातावरणले उनीहरूलाई असर पारेको हुन्छ ।
– लगातार तनाव, डिप्रेसन, जीवनमा घटेका डरलाग्दा घटना र नशालु पदार्थ सेवन गर्ने मानिसमा समेत यस्तो समस्या देखिन्छ ।
– बालबालिका र किशोरकिशोरीमा पनि यस्तो समस्या बढी देखिन्छ । बढ्दो उमेरमा हुने मानसिक परिवर्तन र कमजोर मनोविज्ञानका कारण उनीहरूमा यो समस्या हुन्छ ।

नाइटमेयर डिसअर्डर
विशेषगरी, बच्चाको कलिलो दिमागमा बसेका नराम्रा छापका कारण नाइटमेयर डिसअर्डर हुने गर्छ । यसमा राति बर्बराउने, आत्तिने, तर्सिने आदि हुन्छ ।

समाधान : यो कमजोेर मनोविज्ञानबाट हुने समस्या भएकाले यसले दीर्घकालीन असर गर्दैन । उमेर बढ्दै गएपछि आफैँ ठीक भएर जान्छ ।

नाइट ट्रेटर
नाइट ट्रेटर हुँदा आत्तिने, कराउने, उठेर हिँड्नेजस्ता समस्या देखा पर्छन् । यस्ता गतिविधि लगातार भइरहन्छ । यो भने जटिल खालको समस्या हो ।

समाधान
बच्चामा यस्तो समस्या देखिन थालेमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । नियमित नाइट ट्रेटरको समस्या भएमा त्यो कालान्तरमा मानसिक रोगको कारणसमेत बन्न सक्छ । तसर्थ, समयमै मनोसामाजिक काउन्सिलिङ गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया