Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – आज टोकियोमा भएको एक भेलाले सिध्दार्थ श्रेष्ठको अध्यक्षतामा अन्तरराष्ट्रिय नेपाली तेक्वान्दो एसोसियसनको जापान च्याप्टर कमिटी गठन गरेको छ ।

२१ सदस्यीय कमिटीको उपाध्यक्षद्वयमा दुर्गा आचार्य र कुलमान लामा, महासचिवमा राजेन्द्र श्रेष्ठ, सचिबमा राम बास्तोला, कोषाध्यक्षमा बिना खड्का चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लालबहादुर घिमिरे, हरि कार्की, दिलिप केसी, उर्मिला लामा, गणेशजंग राणा, प्रिया गुरुङ, सन्दिप श्रेष्ठ, सञ्जय रिजाल, बिमल तुलाचन, नारायण शर्मा, प्रकाश महरा, नबिन थापा, सरोज खत्री  र जनक सापकोटा रहनुभएको छ । यसैगरी ५ सदस्यीय सल्लाहकारहरुमा शरद गौचन, सागर रिजाल, महेन्द्र श्रेष्ठ, पञ्च मगर र मोहन महर्जनलाई चयन गरिएको छ ।

भेलाका संयोजक सिध्दार्थ श्रेष्ठको सभापतित्व र एनआरएन जापानका अध्यक्ष ओम गुरुङको प्रमुख आतिथ्यतामा भएको सो भेलामा एनडिएफ जापानका महासचिव सुन्दर पौडेल, पश्चिमाञ्चल खेलकुद बिकास समितिका पूर्व सदस्य महेन्द्र श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष शरद गौचनलगायतका संघसंस्थाका प्रतिनिनिधिहरुको बिशेष अतिथिकारुपमा उपस्थिति रहेको थियो ।

इदाबासीस्थित आजिया रेष्टुरेन्टमा भएको सो भेलाको राजेन्द्र श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

भेलामा मानव जीवनका लागि खेलकुदको महत्वबारे प्रकाश पार्दै प्रमुख अतिथि ओम गुरुङ, बिशेष अतिथिहरु बलराम श्रेष्ठ, सुन्दर पौडेल, सागर रिजाल, महेन्द्र श्रेष्ठ, शरद गौचनलगायतका महानुभावहरुले बोल्नुभएको थियो ।यसैगरी भेलामा जापानमा किकबक्सिंगको माध्यमबाट नेपालको नाम उचो बनाउने कार्यमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै मोहन महर्जनलाई सम्मान पनि गरिएको थियो ।

जापानमा रहेका तेक्वान्डो लगायतका खेलाडिहरुलाई संगठित गरी उनीहरुको प्रतिभालाई प्रोत्साहित गर्दै समाजमा सिर्जनात्मक कार्यका लागि क्रियाशील रहने उद्देश्यले तेक्वान्दो एसोसिएसन जापानको गठन गरिएको भेलापश्चात महासचिवको जिम्मेवारी पाउनुभएका राजेन्द्र श्रेष्ठले समुद्रपारिलाई बताउनुभयो ।

स्वस्थ्य एवं अनुशासित जीवनका लागि खेलकुद भन्ने नाराकासाथ खेलप्रेमीहरुको भेलाको आयोजना गरी जापानमा खेलाडिहरु पहिलोचोटी संगठित भएका हुन् ।

जापानमा नेपाली संघसंस्थाहरुको लामो सूचीमा अर्को एउटा नयां नाम दर्ज भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया