Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – तमु जातीहरुको सांस्कृतिक धरोहरकोरुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रम आउदो अगस्त-१२ तारिखका  दिन हुने  भएको छ ।

१६ औ रोंधी साँझ कार्यक्रमका लागी नेपालदेखि चर्चित गायक दीपक लिम्बू गायिका इन्दिरा जोशी र लोकदोहोरी गायिका ज्योति लोहोनीलाई जापान बोलाइने भएको छ । आउदो अगस्त- १२ तारिख आइतबारका दिन ४.०० बजे देखि टोकियो इकेगामी स्थित इकेगामी खाईकानमा हुन लागेको १६ औ रोंधी साँझ कार्यक्रमलाइ सम्पन्न गर्नका लागी धींका सल्लाहकार प्रमुख ओमप्रकाश तमु संयोजक र सांस्कृतिक संयोजक युक्तमान तमुको सह-संयोजकत्वमा समिति गठन गरिएको छ । तमु धीं जापानका अध्यक्ष हर्क तमुको अध्यक्षतामा यही जून-२३ तारिखमा सिन्जुकुको खाबुखिचोस्थित युनिभर्सल सिटीमा बसेको धीको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

साथै रोंधी साँझ कार्यक्रममा प्रायोजन, सह-प्रायोजन र बिज्ञापन प्रसारण गर्न चाहानुहुने जापानबासी व्यावसायी एवं बिभिन्न व्यापारिक संघसंस्थाका महानुभावहरुलाई धींमा सम्पर्क गरि सहयोग गरि दिनु हुन पनि आर्थिक बिभागका कोषाध्यक्ष खडगसिंह तमुले हार्दिक अपिल गर्नुभएको छ । तमु धीं टोकियो जापानले हरेक बर्ष रोंधी साँझ कार्यक्रममा नेपालका चर्चित गायक, गायिकालाई जापानमा ल्याई कार्यक्रम गर्दै आइरहेको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया