Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २१, २०८२
Sunday, May 4, 2025

टोकियो – साईकलसंग सम्बन्धित दुर्घटना कम गर्ने उपायको बारेमा टोकियो महानगरपालिकाद्वारा गठित एक आयोगले साईकलमा पनि नम्बर प्लेट राख्नुपर्ने सुझाब दिएको छ । जसले गर्दा साईकल शिष्टाचारमा पनि बृद्धि हुने उक्त आयोगको धारणा छ । सान्केइ सिन्बुनकाअनुसार ट्राफिक नियम तथा अन्य शैक्षिक बिज्ञहरु सम्मिलित उक्त आयोगले साईकलमा नम्बर प्लेट राखिएमा साईकल चालकहरुलाई पनि बढि जिम्मेवारी बोध हुने र जथाभाबी साईकल रोक्ने तथा छोडेर हिंडने क्रममा कमी हुने बताएको छ ।

जथाभाबीरुपमा छाडिने साईकलको ब्यवस्थापन तथा नष्ट गर्नको लागि महानगरपालिकाले ठूलो रकम खर्च गर्न परिरहेको अवस्थामा नम्बरप्लेट राखिएमा उक्त खर्चमा कमि आउनुको साथै साईकल धनी पत्ता लगाई आवश्यक कारबाही गर्न पनि सहज हुने सो आयोगको धारणा रहेको छ । पछिल्ला दिनहरुमा साईकलको कारणले हुने दुर्घटनाको संख्यामा बृद्धि भई डरलाग्दो अवस्था रहेको कुरा आयोगका प्रमुख तथा नेशनल ग्य्राजुयर्ट इन्ष्टीच्यूट फर पोलिसी स्टडिजका प्राध्यापक सिगेरु मोरिइचीले बताएका छन ।

गत जनवरी महिनादेखि मोटरसाईकल चढ्नेहरुले सडकको बाँया भाग मात्र प्रयोग गर्न सक्ने नियम लागु भएको थियो । टोकियो महानगरपालिकाले साईकल चालकहरुको लागि पनि छिट्टै नै नयाँ नियम ल्याउने तथा उनिहरुका लागि सडकमा बिशेष किसिमको रंग लगाइने बताइएको छ । त्यसैगरी, राष्ट्रिय प्रहरीको तर्फबाट पनि बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै साईकल चालकको लागि प्रभावकारी नियम लागु गर्न लागेको थाहा लागेको छ । प्रहरीकाअनुसार पछिल्लो समयमा साईकलसंग ठोक्किएर हुने दुर्घटनाहरु निषेधित क्षेत्रमा साईकल चढ्नाले हुने गरेको पाईएको छ । यो क्रमलाई रोक्नको लागि साईकल चालकको लागि सुरक्षा सम्बन्धि शिक्षा तथा बिशेष लाईनको ब्यवस्थाको बारेमा पनि जापान प्रहरीले कार्यक्रम ल्याउने तयारी गरिरहेको बुझिएको छ ।

उक्त आयोगले दिएको सुझाबहरुको बारेमा टोकियो महानगरपालिकाले आगामी सेप्टेम्बर महिनासम्ममा अध्ययन तथा सल्लाह गरी निर्णय लिने बताईएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया