
तपाईंको पार्टीको सरकारले संविधानसभा विघटन गरेर निर्वाचनको घोषणा गर्यो, तपाईंचाहिं अहिले त्यसैको पुनर्स्थापनाको कुरा गर्दै हुनुहुन्छ, यस्तो विरोधाभास किन ?
मेरो विचारमा यो विरोधाभासपूर्ण कुरा होइन । बुझाइमा रहेको भ्रम मात्रै हो । (जेठ) १४ गते नचाहँदा-नचाहँदै संविधानसभाको अवसान हुन पुग्यो । भोलिपल्टै मैले पत्रकार सम्मेलन गरी भनेको थिएँ कि राजनीतिक दलहरूबीच सहमतिको आवश्यकता झन् बढ्यो । हिजो संविधानसभा हुँदा बरु कम सहमति भए पनि संविधानसभा छ भन्ने हुन्थ्यो । अहिले संविधानसभा नरहेको अवस्थामा राजनीतिक दलबीच सहमति अनिवार्य छ । दलहरूबीच सहमति गराउन कांग्रेस र एमालेतर्फबाट चर्चामा आएका थुप्रै विषयमध्ये एउटा संविधानसभा पुनस्र्थापना पनि थियो । त्यसपछि मैले संविधानसभा पुनस्र्थापनामा छलफलका लागि तयार छौं भनेको हो । हाम्रो प्राथमिकताको उत्तम विकल्प र सर्वोच्च (अदालत) को फैसला त संविधानसभाको निर्वाचन नै हो, तर संविधानसभा निर्वाचन गर्नका निम्ति सहमति अनिवार्य छ । सहमति बनाउन दलहरूले चर्चामा ल्याएको पुनस्र्थापनामा छलफल गर्न हामी पनि तयार छौं भनेको हो । यसरी बुझ्दा त्यहाँ अन्तरविरोध छैन, बरु राम्रो तादात्म्य छ ।
यसमा दलहरूबीच सहमति कसरी होला र ?
यो कुन बेलामा हुन सक्छ भने संविधानसभामा जुन मुद्दामा सहमति गर्दागर्दै असफल भयौं, तिनै मुद्दामा अहिले सहमति भयो भने अथवा पहिचानका आधारमा संघीयता र प्रदेशको संख्यामा सहमति भयो भने पुनस्र्थापनाको विकल्प खुलेर आउँछ । यी मुद्दामा सहमति नभईर् पुनस्र्थापना औचित्यपूर्ण हुँदैन ।
संविधानसभा पुनस्र्थापना हुन सक्ने संवैधानिक र कानुनी आधार त देखिँदैन नि ?
संवैधानिक र कानुनी आधारभन्दा पनि राजनीतिक दलबीच सहमति नै ठूलो आधार हो । किनकि नेपालको इतिहासमा पहिले पनि विघटित भइसकेको संसद्लाई आन्दोलनको बलमा, राजनीतिक दलहरूको आग्रहमा पुनस्र्थापित गरिएको छ । हामीले यो घटनाक्रम देखिसकेको हो । अहिले पहिचानका आधारमा संघीयता भयो भने त्यस्ता बाटा खुल्न सक्छन् ।
पुनस्र्थापनका विषयमा तपाईं र प्रधानमन्त्री बाबुराम भट्टराईकै धारणा मिलेको देखिँदैन त ?
संविधानसभा निर्वाचनमा जाने सर्वोच्चको फैसला र हामीले त्यही निर्णय गरिसकेको स्थितिमा प्राथमिकता भनेको निर्वाचन नै हो, यसमा हाम्रो कहीं पनि विवाद छैन । दोस्रो, मैले भनेको के हो भने निर्वाचन गर्न पनि दलहरूबीच पनि सहमति चाहिन्छ । पहिचानका आधारमा संघीयता, जुन मुद्दामा सहमति नभई संविधानसभा भंग भएको थियो, त्यो मुद्दामा सहमति भयो भने त्यसले पुनस्र्थापना गर्न पनि ढोका खोल्छ । यसबारे हाम्रो पार्टीमा विवाद छैन ।
अरू पार्टीका नेताहरूसँग कुरा हुँदा चुनावी मानसिकता बढी पाउनुहुन्छ कि पुनस्र्थापनाका पक्षमा ?
संवैधानिक र अदालतको निर्णय हेर्दा निर्वाचन नै ठीक भन्ने म पाउँछु, राजनीतिक नेताहरू आदिको धारणा पनि । तर फेरि नेपालको समग्र राजनीतिलाई विचार गर्दा आर्थिक व्ययभार, जनतालाई हैरानी र उनीहरूको मनस्थिति हेर्दा दलहरूबीच सहमति भएर निर्वाचन भए पनि प्रतिनिधिसभा वा संसद्को निर्वाचन भइदिए हुन्थ्यो, एकैचोटि राष्ट्रपतिको निर्वाचन भइदिए हुन्थ्यो भन्ने छ ।
तपाईं मंसिर ७ गते संवैधानिक, राजनीतिक र प्राविधिक हिसाबले निर्वाचन सम्भव देख्नुहुन्छ ?
दलहरूबीच सहमति र दृढइच्छाशक्ति हुने हो भने सम्भव छ । निर्वाचन आयोगले त हामी तयार छौं भनिसकेको छ । जहाँसम्म कानुन, ऐनका कुरा छन्, दलबीच सहमति भए अध्यादेशबाट सजिलै मिलाउन सकिन्छ । त्यसकारण फेरि मंसिरमा चुनाव हुन्छ कि हुँदैन भन्ने कुरा राजनीतिक दलहरूबीच सहमति हुन्छ कि हुँदैन, आवश्यक ऐनकानुन अध्यादेशबाट बनाउन दलहरू तयार हुन्छन् कि हुँदैनन्, त्यसमा भर पर्छ ।
कांग्रेस, एमालेलगायत बिपक्षी दलहरूले प्रधानमन्त्रीको बहिर्गमनलाई पहिलो सर्त राखेको देखिन्छ, यसका निम्ति तयार हुनुहुन्छ ?
विपक्षीले बाबुरामजीले छोड्नुपर्यो भनेका छन्, त्यसमा म कुनै तर्क र दम देख्दिनँ । पार्टीहरूले बाबुरामजीको राजीनामालाई मात्र सर्त बनाए भने बुझ्नुपर्छ, सहमति नगर्ने कुरा गरे । सहमति हो भने समग्र सहमतिभित्रै सरकार कस्तो बनाउने भन्ने कुरा पनि पर्छ । समग्र राजनीतिक सहमतिभित्रै सरकारको नेतृत्वबारे छलफल हुन सक्छ । तर अरू राजनीतिक सहमतिको कुरा केही नगर्ने, हिजो संविधानका विमतिमा सहमति गर्ने कुरै नगर्ने, बाबुरामजीको राजीनामा मात्रै माग्ने कुरा बिल्कुलै गलत हो । अहिले उहाँको राजीनामा आउँदैन, दिनु पनि हुँदैन ।
सहमतीय सरकारमा कांग्रेस वा एमालेको नेतृत्वमा जान सहमत हुनुहुन्न ?
हामीले पाँचबुँदे सहमति गरी सहमतीय सरकारको कुरा गरेकै हो । संविधानसभा, संघीयतासहित सबै विषयमा सहमति गरौं, हामी नेतृत्व छोड्न तयार छौं भनेकै हो । जेठ १४ गते राति ९/१० बजेतिर सरकार छोड्न तयार भएरै गएका थियौं । १४ गते बिहानै प्रधानमन्त्री, म र महराजी बसेर छलफल गरेका थियौं- सरकार छाड्ने र संविधान बनाउने भनेर । बाहिर भनेजस्तो माओवादीले सरकार छाड्नै चाहेन भन्ने होइन । अहिले परिस्थितिमा परिवर्तन आएकाले राजनीतिक सहमति गरेर संविधानका मूलभूत मुद्दामा सहमति गर्न आवश्यक छ । त्यसमा सहमति भयो भने नेतृत्वमा टाँसिइरहने माओवादीको चाहना छैन ।
राष्ट्रपतिले भट्टराईलाई प्रधानमन्त्रीबाट हटाउने चर्चाबारे के भन्नुहुन्छ ?
अहिले राष्ट्रपतिजीबाट सरकार हटाउने कुरा हुन सक्दैन । संवैधानिक, कानुनी, राजनीतिक, नैतिक कतैबाट हेर्दा पनि अहिले राष्ट्रपतिले सरकारलाई अपदस्थ गर्ने ठाउँ छैन । राष्ट्रपतिलाई हामीले ‘सेरेमोनियल’ भनेर मानेको हो । मैले राष्ट्रपतिजीसँग कुरा गर्दा पनि उहाँमा सरकार हटाउने कुरा देखिनँ । दलहरूले सहमति गरून् भन्ने उहाँको भनाइचाहिं प्रस्ट झल्किन्थ्यो । उहाँले यो सरकार निरन्तर जाओस् भन्ने भन्दा छिटोभन्दा छिटो राष्ट्रिय सहमति होस् र आफूलाई सजिलो होस् भन्नुभएको छ ।
दलहरूबीच कहिलेसम्ममा सहमति होला ?
सहमतिको विकल्प छैन, तर आआफ्नो राजनीतिक अवस्था स्पष्ट गर्न अझै एकाध महिना लाग्छ । वर्षा लाग्छ, सकिन्छ, फेरि सहमतिको मौसम आउँछ । ठूला चाड आउँछन्, चियापानहरू हुन्छन्, भाइचारा सम्बन्ध बन्दै जान्छ, अनि सहमति होला । तर वार्ताचाहिं छिट्टै सुरु हुन्छ ।
सहमतिको कुरा गरे पनि तपाईंहरू चर्को आरोप-प्रत्यारोपमा उत्रिनुभएको छ, यसरी कसरी संवादको वातावरण बन्ला ?
हिजोको समीक्षाका क्रममा जे भएको हो, त्यो भन्नैपर्ने हुन्छ । माओवादी, कांग्रेस, मधेसी मोर्चालगायतले आफूलाई जे लाग्छ, त्यो भन्नैपर्ने हुन्छ । हामी सहमतिमा बस्दाबस्दै पनि आरोप-प्रत्यारोप भएको छ । हिजो एकले अर्कालाई सिध्याउने गरी युद्ध गरेका बेलामा त सहमति भयो भने अहिले किन हुन नसक्ने ? फेरि बसेर सहमति हुन सक्छ ।
हाम्रो मुख्य विवाद पहिचानका आधारमा संघीयतामा जाने कि नजाने भन्नेमै हो, अरू कुरा सबै सहायक हुन् । हाम्रो भनाइ के छ भने नेपाली जनता धेरै अगाडि बढिसकेका छन्, अब पनि एकात्मक सत्ता कायम गर्छु भन्ने मान्यता छोडिदिनुपर्छ नेताहरूले । जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न पार्टी र नेताहरू तयार हुनुपर्छ । उहाँहरूले मान्नुभएन भने अप्ठ्यारो माओवादीलाई होइन, उहाँहरूलाई हुन्छ । जुनसुकै आन्दोलनमा जानोस्, भविष्य अन्धकार कांग्रेस, एमालेकै हुन्छ ।
आफैंले वर्षौंदेखि मागेको संविधानसभा संविधान नै नबनाई मेटिँदा तपाईंहरूलाई पीडाबोध भएन ?
धेरै पीडाबोध हामीलाई नै भएको छ, किनभने संविधानसभाबाट संविधान बन्नुपर्छ भनेर सबभन्दा धेरै आन्दोलन र बलिदान हामीले नै गरेको हो । यसलाई बचाउ खोज्दाखोज्दै नसकेकाले क्षमायाचना गरिसकेका छौं । तर हामीले जनताका एजेन्डा छाडेका छैनौं । जनताका परिवर्तनका एजेन्डा बचाएको हुनाले जनता र राष्ट्रपति जिम्मेवारीबाट दायाँबायाँ गरेका छैनौँ । हामीले फेरि पनि संविधानसभा निर्वाचन भनेका छौं । जनतालाई नै शक्तिशाली मानेका छौं ।
तपाईंहरूले अन्य दलहरूसँग सरसल्लाह नगरी निर्वाचनको घोषणा गरेकाले समस्या उत्पन्न भएजस्तो लाग्दैन ?
जेठ १४ गते राति ११ बजे बसेर त्यहाँ मिल्ने स्थिति थिएन । तर ताजा निर्वाचन एउटा विकल्प हो भन्ने त सर्वोच्चको फैसला आएपछि सबैलाई थाहै थियो । ताजा निर्वाचनमा जानुपर्छ भनेर बाटामा नारा लागेको पनि थियो । अहिले संविधानसभा अवसान भएकामा कतिपयले गोहीको आँसु चुहाएको जस्तो देख्छु । उनीहरूले ताजा निर्वाचनमा जानुपर्छ भनेर संविधानसभाको हलभित्रै नारा लगाएका थिए । हाम्रो पार्टीका असन्तुष्ट साथीहरूले पनि यताउता गर्न पाइँदैन, ताजा निर्वाचनमा जानुपर्छ भनेका थिए । कांग्रेसभित्र पनि त्यही थियो । यो संविधानसभा निर्वाचनको कुरा आकाशबाट ल्याएको होइन । संविधान बनेन भने म्याद थप्न पाइँदैन, अर्को निर्वाचन वा जनमत संग्रहमा जानुपर्छ भनेर मंसिरमै सर्वोच्चले भनेको थियो ।
राति ११ बज्न लागिसकेका बेला हामीलाई ताजा निर्वाचनमा जानुको विकल्प छैनजस्तो लाग्यो । मैले १२ बजेभन्दा अगाडि संविधानसभाको बैठक सुरु गरौं भनेर प्रस्ताव राखेको थिएँ । चार दिनसम्म बैठक चलाऔं भन्दा साथीहरू नमानेपछि १२ बजेअघि नै मन्त्रिपरिषद्ले निर्णय गरोस् र राष्ट्रपतिकहाँ पुग्दा त्यसको वैधानिकता हुन्छ भन्ने मान्यताका आधारमा तुरुन्त घोषणा गर्नु परेको हो ।
माओवादीले विभिन्न जनजातिलाई उछालेर देशलाई धु्रवीकरणतिर धकेलिरहेको छ भन्ने आरोप छ नि ?
हाम्रो जातीय साम्प्रदायिकता खल्बल्याउने बिल्कुल चाहना होइन । हामीले जातीय राज्य बनाउन खोजेको आरोप पनि गलत छ । यहाँ बुझाइमा फरक परेको हो । हामीकहाँ विगत अढाइ सय वर्षदेखि एकात्मक राजतन्त्रात्मक व्यस्था रहँदै आयो । त्यो राज्यले अरू जाति, भाषा, संस्कृति र हक-अधिकारमाथि अतिक्रमण र भेदभाव गर्यो । त्यसको अन्त्य गर्न साझा रूपमा नेपालको मूल प्रवाहमा संगठित भएर जानुपर्छ भन्ने हाम्रो भनाइ हो । यो जातीय कुरा होइन । समाजलाई कसरी समतामूलक बनाउने रु कसरी एक जातिले अर्को जातिलाई गरिरहेको भेदभाव अन्त्य गर्ने रु भन्ने मात्रै हो । यो कुनै जातभातको समस्या होइन, ‘नेसनालिटी’ को कुरा हो । आन्तरिक राष्ट्रियता बलियो भयो भने मात्र राष्ट्र बलियो हुने हो । कतिपयले सबै जातजातिलाई अधिकार दिइयो भने झन् भाँडभैलो हुन्छ भन्ने सोचाइ बनाएको देख्छु, त्यो ठीक होइन । हाम्रो विचारमा जातीय समस्या पनि वर्गीय समस्या हो । बाहुन, क्षत्रीले नै लामो समयदेखि शासन गर्दै आएको पनि त सत्य हो । उनीहरूको संस्कृति र भाषा राष्ट्रिय भयो, अब अरूलाई अधिकार दिने कुरामा किन कन्जुस्याइँ गर्नुपर्यो ? सबै जातजातिलाई समान अवसर दिने राज्य बनाउने कि भेदभाव कायम राख्ने भन्ने अहिलेको प्रमुख मुद्दा हो ।
अहिले नेपाली समाजमा पहाड र मधेस, बाहुन-क्षत्री र जनजाति समुदायबीच विभाजन बढ्दै गएको देखिन्छ, यो धु्रवीकरण डरलाग्दो हुन सक्छ भन्ने लाग्दैन ?
अहिले जातजातिबीच विभाजन ल्याउने कोसिस भइरहेको छ । हामीले समातामूलक समाज बनाऔं, सबै भेदभावको अन्त्य गरौं भन्दा एकात्मक राज्य चाहनेहरूले साम्प्रदायिक स्वरूप दिने प्रयास गर्छन् । म जनयुद्धको नेतृत्व गर्दा विभिन्न स्वायत्त प्रदेश बनाउने बेला बाहुन, क्षत्री, जनजाति, महिला जो भए पनि उनीहरूबीच असाध्यै राम्रो एकता देख्थेँ । हामी त्यहाँ नयाँ नेपालको चित्र देख्थ्यौं । तर, यता आइसकेपछि कांग्रेस, एमालेका नेता र हिजोका राजावादीहरूले सम्पूर्ण जातजातिलाई अधिकार दिनेभन्दा नदिनेतिर लगिदिए । हाम्रो सोचाइ सबैलाई अधिकार दिई साझा फूलबारी बनाउने हो । एकात्मक र सामन्ती सोचाइ भएकाहरूले त्यसलाई साम्प्रदायिक स्वरूप दिन खोजेका छन् ।
जातीय कुरा गरेर माओवादीले एमाले फुटाउन खोजेको आरोप तपाईंहरूमाथि लागेको छ नि ?
बिनाआधारको पूर्वाग्रही आरोप हो यो । साँच्चै भन्ने हो भने माओवादीलाई फुटाउन कांग्रेस र एमालेले बल गरेका छन् । माओवादीको वैचारिक मतभेदभित्र छिरेर हस्ताक्षर अभियान कति चलाउनुभयो उहाँहरूले रु सरकारको कुरा गरेर अन्त्यमा ल्याएर माओवादी पार्टी फुटाउन खोजियो । उहाँहरूले सरकार ढाल्ने कुरा गरेपछि ९माओवादी० पार्टी फुटाउन सकिन्छ भन्ने थियो । हामीले त संघीयताका मुद्दामा सहमत हुनेजति एक ठाउँमा आऔं मात्र भनेको हो । राजनीतिक मुद्दामा सहमति गरौं भनेका हौं । हामीले फुटाएर कांग्रेस, एमाले फुट्ने हो र रु हामीले संविधानसभाभित्रका मुद्दामा हस्ताक्षर गराउनु पार्टी फुटाउने कुरा हुँदैन । तर सरकार ढाल्न माओवादीका मान्छे बोलाएर हस्ताक्षर गराउनु पार्टी फुटाउने प्रयास गर्नु हो । के कांग्रेस र एमालेका मान्छेहरूसँग किरण (मोहन वैद्य) जीको कुरा मिल्छ त ? छेउटुप्पो मिल्दैन ।
माओवादी फुट्न लागेको तपाईंहरूको आफ्नै कमजोरीले होइन ?
मैले यसमा मुद्दै नमिल्नेसँग मिलेर पार्टी फुटाउन खोजियो भनेको हो, किरणजीहरूको गल्ती नै छैन भनेको होइन । किरणजीसँग मेरो विवाद भएको विषय त अर्कै हो । शान्ति प्रक्रियामा आउनु गल्ती थियो, संविधानसभाबाट संविधान बनाउन खोज्नु पनि गल्ती थियो भन्ने उहाँहरूको तर्क हो । किरणजीको भनाइ त सेना समायोजन गर्न हुँदैनथ्यो, जनवादी क्रान्ति छोडियो भन्ने छ । यो सबै मुद्दामा किरणजीभन्दा कांग्रेस, एमालेसँग मेरो मिल्नुपर्ने हो । मिलेकै पनि छ । तर सरकार ढाल्न किरणजी जोसुकैसँग मिल्न खोज्नुको कारण के हो ?
तपाईंहरूको आन्तरिक विवाद अहिले कहाँ पुग्यो ?
अस्ति भर्खर किरणजी र हामी संस्थापन पक्षको केन्द्रीय समिति बैठक बस्यो । हामीले एकताको अपिल गरिरहेका छौं, छलफल भएको छ । असार १ गते किरणजीले ९राष्ट्रिय कार्यकर्ता० भेला बोलाउनुभएको छ, हामी चाहन्छौं त्यो भेलाले एकता प्रस्ताव पारित गरोस् । यतिबेला एकताको विकल्प छैन । मलाई के लाग्छ भने जेठ १४ अघि केही शंका थियो, संस्थापनप्रति । सायद अध्यक्षले सेना समायोजनमा सबै कुरा उदार भएर छोडेजस्तै सविधान र संघीयता पनि छोडिहाल्छ भन्ने थियो । उहाँहरू विदेशी शक्तिले संविधान बनाएर पठाएको छ, सुटकेसमा राखिएको छ भन्नुहुन्थ्यो । १४ गते राति घोषणा गर्छ भन्ने थियो, त्यस्तो त भएन । प्रचण्डले पहिचानसहितको संघीयता पनि छोडेन । भनेपछि अब पार्टी एकता हुने आधार बलियो भयो ।
यदि किरणजीको चिन्ता संघीयताकै हो भने अब त नेतृत्वले सत्य सावित गर्यो नि र अब एकताबद्ध हुने आधार बन्यो । मैले किरणजीलाई भनिरहेको छु, पार्टीभित्र बहस हुन्छ, स्वाभाविक हो । कहिलकाहीँ पार्टी फुट्छन् र फुट्नुपर्छ । तर अहिलेको अवस्थामा कतैबाट जोख्दा-नाप्दा पनि माओवादी पार्टी फुट्नु हुँदैन । नेपालको राजनीति यति तरल अवस्था छ( संविधानसभाको निर्वाचन मंसिरमा हुनेरनहुने भन्ने शंका पनि छ । समग्र देशको राजनीति कसरी जाला भन्ने अन्योल छ । यस्तो बेलामा किरणजीहरू फुट्न खोज्नुभयो भने बिल्कुल गलत हुन्छ । मैले अस्ति पनि किरणजीलाई भनेँ- फुट्ने नै हो भने पाँच-सात महिनापछि हेरौं । यो फुट्ने बेलै होइन । विचार र राजनीति फरक परे सल्लाहमै फुटौंला भनेको छु । मैले त एउटै भेला गरौं, सबै साथीहरूबीच छलफल गरौं, सल्लाहबाटै हिँडे पनि हुन्छ भनेको छु ।
पार्टी एकताका लागि तपाईं अध्यक्ष पद त्याग्न तयार हुनुभएको हो ?
मैले यदि एकै ठाउँमा बस्ने र अध्यक्षले राजीनामा दिँदा पार्टी एकता हुन्छ भने मलाई अध्यक्ष पद छोड्न गाह्रो छैन भनेको हो । म यो कुरा अहिले पनि भन्छु । मैले यो कुरा चुनबाङ बैठकमा पनि भनेको हुँ । त्यहाँ मैले बाचुन्जेल पार्टी अध्यक्ष हुने तरिका छोड्नुपर्छ भन्ने प्रस्ताव राखेको थिएँ । त्यो पारित पनि भएको थियो । मैले मानसिकता के बनाएको छु भने बाँचुन्जेल पार्टी अध्यक्ष हुनुपर्छ भन्ने छैन । यो पद्धतिले कम्युनिस्टहरूलाई हित पनि गरेन । माओत्सेतुङ मर्ने बेलासम्म पार्टी अध्यक्ष भइरहनुभयो । यो पद्धति प्रजातान्त्रिक होइन भन्ने मान्यता मैले गहिरोसँग विचार गरी चुनबाङ बैठकमा राखेको थिएँ । यो जानकारी होस् कि मैले राजीनामा दिने कुरा सस्तो लोकप्रियताका लागि गरेको होइन । यसको अर्थ पहिले अध्यक्ष पद छाड्ने, अनि पार्टी एकता हुने भन्ने होइन । मैले पद छाड्ने, गल्ती पनि स्वीकार गर्ने हुन सक्दैन । मैले गल्ती गरेँ भन्ने लागेकै छैन । केन्द्रीय समितिमा छलफल गरेर यस्तो गर्दा फाइदा हुन्छ भन्ने गरियो भने म जे त्याग गर्न पनि तयार छु ।
तपाईं र प्रधानमन्त्री भट्टराईको शान्ति र संविधानको कार्यदिशा नै असफल भयो भन्ने आरोप छ नि ?
किरणजीहरूको भनाइ यो प्रक्रियाबाट संविधान र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने होइन भन्ने थियो । यो बाटो नै बेठीक भयो भन्ने लागे पनि शान्ति र संविधानविरुद्ध जान सक्ने अवस्था थिएन । जसरी भए पनि शान्ति र संविधान हुनुपर्छ, नभए बर्बाद हुन्छ भन्ने अर्को सोचाइ पनि थियो । म के ठान्थेँ भने हामीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन अन्तिम समयसम्म प्रयास गर्नुपर्छ । तर संविधान बनाउने भनेको आत्मसमर्पण गर्ने होइन । हामी जनताको एजेन्डा बोकेर अन्तिम समयसम्म लाग्यौं, तर संविधान बन्न दिइएन । मैले संविधान बनोस् भनेरै सेना समायोजनमा जोखिम मोलें । संविधानसभामा पनि तीन सय मुद्दा थिए, घटाउँदै राज्य पुनसर्ंरचनासम्म त ल्याएकै हो । त्यसको नेतृत्व पनि प्रचण्डले गरेको ऐतिहासिक तथ्य हो ।
संघीयता छाडेर संविधान बनाएको भए फेरि ०४७ सालको संविधान बन्थ्यो । त्यसको के अर्थ हुन्थ्यो रु त्यसैले कार्यदिशा सफल भयो भन्ने मेरो विश्लेषण छ । किरणजीहरूको कार्यदिशा असफल भयो । कांग्रेसले भनेजस्तो संविधान बनेको भए कार्यदिशा सिद्धिन्थ्यो । माओवादीले भनेजस्तो संविधान बनेको भए पनि यो कार्यनीति सिद्धिन्थ्यो । न माओवादी सफल भएर यो कार्यनीतिको औचित्य सिद्धियो, न माओवादी असफल भएर माओवादीको कार्यनीति सिद्धियो । यस्तो बेला कसरी कार्यनीति असफल भयो रु कसरी कार्यनीतिको आवश्यकता सिद्धियो रु कार्यदिशाको औचित्य अझ सिद्ध भयो । संविधानसभाबाट जनताको संविधान बनाउने मुद्दा अहिले पनि ज्युकात्युँ छ । मुद्दा ज्युँदै रहँदा कार्यनीति कसरी सिद्धिन्छ ?
पार्टी विभाजनतिर जान्छ कि एकतातिर, के लाग्छ ?
छलफल हुँदै जाँदा तत्कालै पार्टी विभाजन हुन्छ भन्ने लागेको छैन । यद्यपि व्यवहारतः पार्टी एक पनि छैन । जिल्ला-जिल्लामा समानान्तर कमिटी बनेका छन्, बैठक पनि बसेकै छ । अहिले दुवै पक्षको राष्ट्रिय भेला र विस्तारित बैठक डाकिएको छ । मेरो कोसिस मिल्नुपर्छ भन्ने छ । त्यो भयो भने किरणजीको राष्ट्रिय भेलाले र हाम्रो विस्तारित बैठक दुवैले एकताको प्रस्ताव पारित गर्ने सम्भावना पनि छ । केही लागेन भने अन्त्यमा ‘युद्धविराम’ गरेर भए पनि पार्टी एकता जोगाउने सम्भावना छ ।