– भीषण राई/साप्ताहिक

स्थायी बसोबासको सम्भावना
मुख्य त यहाँबाट जापानका भाषा स्कुलमा नेपाली विद्यार्थीलाई पठाइन्छ। कुनै पनि इन्टेकमा जापानमा रहेर जापानी भाषा उत्तीर्ण गरेपश्चात् विद्यार्थीले जापानमा लेभल २ बराबरको मान्यता पाउँछन्। त्यति भएपश्चात् नेपाली विद्यार्थीले आफ्नो रुचिअनुरूपको विषय जापानी माध्यमबाट पढाइ हुने विश्वविद्यालयमा आफूलाई सरिक गराउन सक्छन्। विद्यार्थीले दुई वर्ष जापानी भाषाको अध्ययन पूरा गरेपछि दुईवटा शैक्षिक बाटो खुल्छ विश्वविद्यालय र व्यावसायिक कलेजको। नेपाली विद्यार्थीहरूमध्ये ५ प्रतिशत विश्वविद्यालयतिर लाग्छन् भने बाँकी व्यावसायिक कलेजहरूमा जान्छन्। जसले उनीहरूलाई पर्याप्त आम्दानी दिनुका साथै व्यावसायिक बन्न सघाउँछ। व्यावसायिक कलेजमा ट्राभल एन्ड टुरिज्म, होटल म्यानेजमेन्ट, कम्प्युटरसँग सम्बन्धित विषय, वेभ डिजाइनिङ, फेसन, ब्युटी आदि विषयमा नेपाली विद्यार्थीले अध्ययन गर्न पाउँछन्। नेपाली विद्यार्थीले सुरुको दुई वर्ष पढाइमा लाग्नुपर्ने हुन्छ। त्यसपछि बर्किङ भिसा पाए पच्छा त मासिक अढाइ लाख रूपैयाँसम्म आम्दानी गर्न सकिन्छ। त्यसैले पनि नेपाली विद्यार्थी जापान जाने क्रम बाक्लिएको छ। तुलनात्मक रूपमा अन्य देशभन्दा उदार भएकाले जापान अहिलेको अवस्थामा उपयुक्त शैक्षिक गन्तव्य बन्दै गएको छ। जापानका विश्वविद्यालयमा डिप्लोमा लेभल अध्ययन गर्न चार वर्ष लाग्छ। चार वर्षपछि वर्किङ भिसाका लागि नेपाली विद्यार्थीले जापानको अध्यागमन विभागमा अप्लाई गर्न सक्छन्। विभागले कम्तीमा १ वर्षको बर्किङ भिसा दिन्छ १० वर्ष बिताएपछि जापानमा स्थायी बसोबासको अधिकारका लागि अप्लाई गर्न सकिन्छ। जापानमा अध्ययनपश्चात् काम गर्दै बस्नेह रूले गरेको स्थायी बसोबासको प्राप्त गर्ने सम्भावना बलियो हुन्छ। कलेज भर्ना भएपछि आफ्नो परिवारका सदस्य तथा श्रीमान् वा श्रीमतीलाई जापान लानका लागि पाउने सुविधा पनि विद्यार्थीले पाउँछन्। हाल नेपालबाट वाषिर्क रूपमा १ हजार ५ सय विद्यार्थी जापान गैरहेका छन्।
अध्ययनका लागि न्यूनतम योग्यता
वर्षमा चार पटक जापानको भाषा स्कुलमा एडमिसन खुल्ला गरिन्छ। जनवरी, अपि्रल, जुलाई र अक्टुवरमा इन्टेक सञ्चालन हुन्छ। अप्रिल र अक्टुवर इन्टेकका लागि नेपाली विद्यार्थीको चाप बढी हुन्छ। जापानी भाषा अध्ययनका क्रममा जापान जान चाहने नेपाली विद्यार्थीसँग प्लस टु वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ। जापान जानुअघि विद्यार्थीले नेपालमा जापानी भाषाको १ सय ५० घन्टा पढेको प्रमाणपत्र हुनुपर्छ। अन्य आवश्यकता भने जापानको कुन स्थान जाने हो त्यसमा भरपर्छ। कतिपय स्थानमा जान जापानी भाषाको टेस्ट उत्तीर्ण गर्नुपर्छ। त्यसका लागि विद्यार्थीले नेपालमा जापानी भाषा ट्युसन सेन्टरमा अध्ययन गर्नु आवश्यक हुन्छ। नेपालमा जेएलपिटि (जापानी ल्याङ्गवेज प्रो फिसियन्सी टेस्ट) को कम्तीमा लेभल फाइभ पास गर्नुपर्छ। यो जापान फाउन्डेसनले लिने टेस्ट हो। जापानी ल्याङ्गवेज टिचर्स एसोसिएसन नेपालले उक्त परीक्षालाई कन्डक्ट गर्छ। यसमा विद्यार्थीले सुनाइ, पढाइ, ब्याकरण, शब्दभण्डारको ज्ञानको टेस्ट दिनुपर्छ। त्यसपछि भने विद्यार्थीले जापानमा रहेको भाषा स्कुलमा अध्ययनका लागि आवेदन दिन सक्छन्। जापान पुगेपछि जापानी भाषाको ज्ञानमा उत्तीर्ण भए पछि भने अन्य उच्च शिक्षाका लागि भर्ना हुन पाइन्छ।
अध्ययन खर्च र काम
अध्ययनका लागि जापान जान नेपाली १० लाख रूपैयाँ जति लाग्छ। एक वर्षको ट्युसन फी कम्तीमा ७ लाख रूपैयाँ सम्बन्धित स्कुललाई बुझाउनुपर्छ। जापान पुगेपछि त्यहाँ बस्न छ महिनाका लागि २ लाख रूपैयाँ जति खर्च लाग्छ। बाँकी १ लाख रूपैयाँ जति विद्यार्थीका लागिनै आवश्यक हुन्छ। अध्ययनका दौरान पनि विद्यार्थीले दिनको चार घण्टा काम गर्ने अनुमति पाउँछन्। लामो बिदामा दिनको ८ घण्टासम्म काम गर्न पाइन्छ। अध्ययनपश्चात् वर्किङ भिसामा पनि काम गर्न पाइने भएकाले शिक्षासँगै दाम पनि कमाइने भएकाले जापान अहिले लोभलाग्दो शै क्षिक गन्तव्य बनेको हो। नेपालमा अहिले नेपाली व्ािद्यार्थीका लागि आवश्यक परामर्श दिने ५ दर्जनभन्दा बढी शैक्षिक परामर्श केन्द्र छन् जहा ँबाट जापानमा अध्ययन गर्न जाने विद्यार्थीले आवश्यक सल्लाह लिन सक्छन्। जापानिज भाषामा दक्षता हासिल गर्न राम्रो जापानी भाषा पढाइ हुने शैक्षिक संस्थाको खोजी गरी भाषा अध्ययन गर्नु आवश्यक छ। त्यसका लागि न्यूनतम प्लस टु लेभल वा सो सरहको शैक्षिक प्रमाणपत्र सम्बन्धित विद्यार्थीसँग हुनुपर्छ। जापानका लागि राम्रो प्रोसेसिङ गर्ने संस्था खोजी त्यसैमार्फत प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ।