Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025
एनआरएन जापानको आपत्ति
टोकियो- एक जापानी महिलाको हत्या अभियोगमा १५ वर्षदेखि थुनामा रहेका इलामका गोविन्दप्रसाद मैनाली अनुसन्धानमा निर्दोष देखिएपछि टोकियोस्थित उच्च न्यायालयले आदेशमा बिहीबार जेलमुक्त गर्‍यो ।
मैनालीमाथिको अभियोग गलत सावित गर्न जापानस्थित नेपालीको योगदान पनि महत्त्वपूर्ण नै रहृयो । तर मैनाली सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा चरित्रहत्या सुरु भएको छ । अगुवाविरुद्ध चरित्रहत्या भएकोमा गैर आवासीय नेपाली संघ (एनआरएन) जापानले आपत्ति जनाएको छ । ‘केही मुठ्ठीभरका अघोरी’हरुले चरित्रहत्या गरेको भन्दै एनआरएनले सामाजिक सदभावना खल्बल्याउनेप्रति कडा शब्दमा भत्सर्ना गरेको छ ।
विज्ञप्तीको पूर्णपाठ
 आजको २१ औ शताब्दी को भौतिक तथा आर्थिक गुणात्मक प्रगतिको यो युग मा पनि केहि जापानबासी नेपाली समुदायका केहि मुठी भरका अघोरीहरुले एनआरएन अभियानका संस्थापक अध्यक्ष जसले भर्खर १५ बर्ष देखि जेल जिबन बिताईरहनुभएका गोबिन्द मैनालीको रिहाईमा अनबरत संघर्ष गरि मुक्त गराई छाड्नुभयो, त्यस्ता योद्दा समाजसेबी र हाम्रा पूर्बअध्यक्ष तथा संरक्षक राजन प्रधानांग समेत तथा पुर्ब अध्यक्ष र नेपाली पर्यटन प्रबन्धनमा बिशेषरुपले सक्रिय आसीसी कोषाध्यक्ष भबन भट्ट, गत बर्षको महानभूकम्पमा सह्रानी काम गरि जापानमा नेपाल र नेपालीको शिर उचो राख्न भूमिका खेल्ने पूर्ब अध्यक्ष  आईसीसी सदस्य रोशन केसी, रातदिन आफ्नो काम भन्दा सामाजिक कामलाई महत्व दिएर खट्ने एनआरएन अभियानका अग्रज अरुण श्रेष्ठ तथा एनआरएन वर्तमान कार्यसमितिका अध्यक्ष ओम गुरुङ र यस अभियानका योद्दाहरु,  डा। राजेन्दोर पराजुली,सरोज कंडेल, निमा लामा लगायतका तमाम ब्यक्तिहरुको व्यक्तिगत चरित्र हत्या हुनेगरि तुच्छ गालीको भाषामा, कपोलकल्पित र भ्रामक सामग्री सामाजिक संजाल  फेस बुकमा राखी सार्बजनिक गाली बेईजेती गरेको, सामाजिक सदभाब भड्काउन खोजेको र समाजमा कुनै भूमिका खेल्न नसकी भूमिका तथा अस्तित्वबिहिन  ‘अंगुर अमिलो छ भन्ने गोहीहरुका आशु काढ्ने झुण्ड’ को गतिबिधिको एनआ एन जापान कडा शब्दमा भत्सर्ना गर्दछ ।

कथम कदाचित सामाजिक जिम्मेवारी बाट टाढा रहने, कसैगरी जिम्मेवारी लिन परेपनि आफुले केहि नगर्ने, समाजमा खाली नकारात्मक भ्रम फैलाउने प्रवृतिको पछिल्लो संस्करण  “हामी नेपाली”  नामको नक्कली फेसबुक एकाउन्ट खोलि गरेको अमानबिय कार्यलाइ बर्षौदेखि भूमिका र अस्तित्व हिन भएर रहेकाहरुको र अरुको डाह गर्ने अभिव्यक्तिको रुपमा मात्र बुझ्न हुन समेत अनुरोध गर्दछौ । उक्त तुक निहित आरोप तथा आधारबिहिन एवं नियोजित सर्बेको बिधि र सर्बेकर्ताहरुको विवरण सार्बजनिक गर्न एनआरएन जापानको तर्फबाट खुला चुनौती दिन चाहन्छौ । धेरै दिन भएको छैन, ‘गतिबिधि डट कम नामको वेबसाइट खोलि समाजमा रात दिन खट्ने तत्कालिन एनआर एन अध्यक्ष रोशन केसी लाई सार्बजनिक रुपमा आरोपित गर्ने कार्य नामको बारेमा भ्रामक हल्ला फैलायो, त्यो वेबसाइट अमेरिकाको कुनै एक राज्यबाट संचालित छ भन्ने समेत थाहा भयो र उक्त गतिबिधि डट कम को पछाडिका पात्र को पहिचान समेत भयो, जसको समग्र नेपाली समुदायले सामुहिक बिरोध गरेको यथार्थ पुन स्मरण गराउदै पुन यस्ता तत्व र गतिबिधि बिरुद्ध सामुहिक भत्सर्ना गर्न आब्हान गर्दछौ । प्रकाशित भ्रामक आरोप सर्सर्ती नियाल्दा जो कसैले पनि यो सामग्री वा पोस्ट कति भ्रामक र कपोलकल्पित छ भन्ने जो कसैलाई पनि प्रस्ट हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो समाज को एकता सौहार्दता र प्रगति चाहने सम्पूर्ण न्याय प्रेमी जनसमुदायमा यो बिनम्र अनुरोध गर्दछौ कि यस्ता समाज भाड्ने कपोलकल्पीत सामग्रीको बेवास्ता गर्दै यहाँहरुसंग रचनात्मक सुझाब वा काम को आब्हान गर्दै राम्रा मान्छे लाई प्रोत्साहन दिन र अनाबश्यक बेकारमा समय बर्बाद नगर्न अनुरोध गर्दछौ । यो समाजमा को कस्तो छ भन्ने कुरा सायद जापान जस्तो देशमा रहने सचेत समाजले राम्ररी बुझेको छ र harvested interestसहित भ्रममा पार्न खोज्नेहरुको भ्रममा नपर्ने कुरा हामीलाई पूर्ण बिश्वाश छ । नियतबस खाली समाज भाड्ने, बिग्रह फैलाउने र आपसी सौहार्दता भाड्ने तत्वको पहिचान गरि सामुहिक सामाजिक सार्बजनिक बहिस्कार गर्न समेत अनुरोध गर्दछौ । साथै सम्भाबित व्यक्तिहरु बारे आन्तरिक खुलासा र छानबिन हुदै गरेकोले हाललाई “Hami Nepali” नामक साईटलाई स्पाम ब्लक गरि फेसबुकमा उजुरी गरिदिनु हुन् र यस्तो भाड तत्व जसको कुनै बैज्ञानिक सर्बे बिधि, व्यक्तिको परिचय समेत लुकाई स्पामलाई आफ्नो पोस्ट वेबसाइट तथा ब्लग मा स्थान नदिनु हुन् समेत बिनम्र अनुरोध गर्दछौ । सो साईट ब्लक गर्नको लागि संम्बन्धित पेजमा गई प्रोफाइल फोटोको ठिक तल “Report/Block” भन्ने अप्सनमा क्लिक गरि ।। उजुरी गरिदिनुस कि ब्लक गरियोस।

किनकि यसले Harass/ bullying गरयो भनेर । धेरै जनाले ब्लक गर्दा त्यो पेज फेसबुकले खारेज गर्नेछ । र  हामी फेसबुकमा ““ormal Appeal” पनि गर्ने क्रममा रहेको समेत जानकारी गराउदछौ । व्यक्ति पहिचान भएपछि नेपालको प्रचलित ‘साइबर अपराध कानुन अन्तरगत कारबाही गर्ने निकायमा उजुरी गरिने व्यहोरा समेत अनुरोध गर्दछौ ।
अन्त्यमा गोबिन्द मैनालीको रिहाईको लागि अटुट रुपमा खट्नु हुने हाम्रा अग्रज राजन प्रधानांग लगायत जापानी तथा नेपाली सहयोगी मित्रहरु, वकिल तथा मिडियाका पत्रकार साथीहरु सबैप्रति एनआ एन जापान हार्दिक धन्यबाद ज्ञापन गर्दछ । ***

तपाईको प्रतिक्रिया