टोकियो – अघिल्लो महिना सिराहाका औरही, शिवनगरलगायतका गाउँहरुमा भिषण आगलागी भई पुरै बस्ती भग्नावशेषमा परिणत भएको र त्यहाँको जनजीवन अस्तब्यस्त एवम् विचलित बन्न पुगेको भन्दै नेपाल जापान आर्थिक संगठनले पीडितहरुको सहयोगार्थ टोकियोमा साँगीतिक कार्यक्रम (मिनी कन्सर्ट) गर्ने भएको छ ।
आगलागी पीडितहरुको राहत सहयोगस्वरुप यहि जुन १६ तारिख नेपाली कलाकारहरुको कन्सर्ट र २३ तारिख जापानी कलाकारहरुको कन्सर्ट कार्यक्रमको आयोजना गरिएको सो सँस्थाका अध्यक्ष जीवन राजभण्डारीले बताए । उक्त कार्यक्रममा पाल्नुभई पीडितहरुको घाउमा मलम लगाउने पवित्र एवं मानवीय कार्यमा सहयोग गर्न आयोजकहरुले जापानबासी नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् ।
नेपाली कन्सर्टका लागि ख्यातीप्राप्त गायक बिजय लामा र पुष्प लामा जापान आईसकेका छन् भने उनीहरुलाई स्थानिय कलाकारहरुले सघाउने बताईएको छ । यसैगरी २३ तारिखमा हुने जापानी कन्सर्टमा भने जापानकै स्थापित कलाकारहरुको प्रस्तुती रहने भएको छ । दूवै मिनी कन्सर्ट कार्यक्रम नेरिमास्थित मनसुन भिलेजमा हुने बताईन्छ । कार्यक्रमलाई राज ट्रेडिङ कम्पनीले प्रायोजन गर्ने भएको छ । ***