Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख २०, २०८२
Saturday, May 3, 2025

टोकियो –  जापानमा केही साता अगाडि रेकर्ड गरिएको लोकप्रिय टेलिभिजन कार्यक्रम साझा सवाल आज आइतबार (जुन ३/ जेठ २१ गते) प्रसारण हुदैं छ।

जापानको राजधानी टोकियोमा रेकर्डिङ गरिएको कार्यक्रम आज नेपाली समयअनुसार राति ९ बजे कान्तिपुर टेलिभिजन र बिबिसी नेपाली सेवामा एकसाथ बज्ने प्रस्तोता नारायण श्रेष्ठले जानकारी दिनुभएको हो ।

जापान नेपालीहरुको आकर्षक गन्तव्य भएको र नेपालीहरु १२/१५ लाख रुपैयाँ सम्म तिरेर पनि जापान आउने गरिरहेको सन्दर्भमा जापानमा रहेका नेपालीहरुको अवस्था कस्तो छ भन्ने विषयमा साझा सवालमा बहस भएको थियो।

कार्यक्रममा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई, व्यवसायी भवन भट्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, कुक, विद्यार्थी तथा अन्य पेशामा काम गरिरहेका नेपालीहरुको अवस्थाबारे चर्चा गरिएको छ।  जापानमा नै रेकर्ड गरिएका अन्य दुई कार्यक्रम पनि निकट भविष्यमा नै प्रसारण हुने प्रस्तोता श्रेष्ठले जानकारी दिनुभयो।

मुल कार्यक्रम साझा सवाल बाहेक जापानमा रेकर्ड गरिएको जापानका बिभिन्न क्षेत्रका बिशेष ब्यक्तित्वहरुको भलाकुसारीलगायत भूकम्प तथा सुनामी प्रभावित क्षेत्रका सामाग्रीहरु पनि क्रमश: प्रसारण गरिने बताईएको छ ।

बिबिसी नेपाली सेवाको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘साझा सवाल’ जापानमा रेकर्ड गरिएको पहिलोचोटी हो । नेपाल पत्रकार महासंघ जापान शाखाको सहकार्यमा उक्त साझा सवाल कार्यक्रम जापानमा तयार गरिएको हो ।  ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया