Deneme Bonusu Veren Siteler
शुक्रबार, बैशाख १९, २०८२
Friday, May 2, 2025

चितवन – पत्रकार र साहित्यकारको सम्मानका लागि चितवनमा पाँच लाखको अक्षयकोष स्थापना गरिने भएको छ ।

ईजरायलमा रहेकी चितवनकी श्रष्टा सुमित्रा पौडेल आँचलले आफ्ना बुवा आमाको सम्झनामा बुद्धि खगी दान बास्तोला राष्ट्रिय प्रतिष्ठान गठन गरेर पाँच लाखको अक्षयकोष स्थापना गर्न लाग्नु भएको हो । क्षेत्रपुर स्थित रामेश्वर पुस्तकालयमा आज भएको एक भेलाले अक्षयकोष स्थापनाका लागि पौडेलको अध्यक्षतामा १३ सदस्यीय प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको छ ।

वरिष्ठ साहित्यकार प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यतामा भएको तदर्थ समितिको उपाध्यक्षमा पत्रकार कृष्णचन्द्र भट्टराई , महासचिवमा साहित्यकार पुष्प अधिकारी अञ्जली, सचिवमा पत्रकार महासंघका केन्द्रिय पार्षद एवं कालिका एफएमका पत्रकार नारायण ढुंगाना र कोषाध्यक्षमा माधव बास्तोला चयन हुनुभएको हो ।

प्रत्येक वर्षको मंसिर महिनामा समाजमा योगदान पुरयाउने पत्रकार र साहित्यकार गरी दुई जनालाई पुरस्कृत गरिने पुरस्कार छनोट समितिका संयोजक रवि भट्ट रोषीले जानकारी दिनुभयो । सो क्रममा साहित्यकार प्रेम विनोद नन्दनलाई नागरिक अभिनन्दन गरिने पनि आज जानकारी गराईएको थियो ।

आज भएको कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी , एल वि क्षेत्री , किसान प्रेमी , ईन्द्र रेग्मी , हरिहर सविता तथा पत्रकारका तर्फवाट वसन्त पराजुली र शालिग्राम नेपालले मन्तव्य राख्नु भएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया