Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सन् २०१२–१४ कार्यकालको निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार कृष्ण बजगाईंले आफ्नो समूहको उम्मेद्वारी र साझा घोषणा पत्र एक प्रेश बक्तब्य प्रकाशित गरी सार्वजानिक गरेका छन् ।

संस्थाको अन्तर्राष्ट्रिय छविलाई अझ उच्च पार्न र यसको उद्देश्य प्राप्तिका लागि नेपाली साहित्यमा योगदान पुर्याएका साहित्यिक व्यक्तित्व, सांगठनिक नेतृत्व र कुशल क्षमता भएका नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकाशमा समर्पित आफ्ना निम्न साथीहरु सहितको समूह र कार्ययोजनाको साझा घोषणा पत्र सार्वजनिक गरेको कुरा जनाएका छन् ।

अध्यक्षः  कृष्ण बजगाईं(बेलायत)
वरिष्ठ उपाध्यक्षः निर्विरोध निर्वाचित
क्षेत्रीय उपाध्यक्ष  (नर्थ अमेरिका र ल्याटिन अमेरिका) : बासु ढकाल (अमेरिका)
क्षेत्रीय उपाध्यक्ष (युरोप) : सुनिल संगम (पोर्चुगल)
क्षेत्रीय उपाध्यक्ष (अष्ट्रेलिया तथा ओशियाना) : निर्विरोध निर्वाचित
क्षेत्रीय उपाध्यक्ष (एशिया) : दिनेशराज ज्ञवाली (जापान)
महासचिवः गोपीकृष्ण काफ्ले(क्यानडा)
सचिवः राजकुमार पुडासैनी(बेल्जियम)
कोषाध्यक्षः निर्विरोध निर्वाचित
हाम्रा कार्ययोजनाहरु:-
(क) डायस्पोरा साहित्यको अध्ययन अनुसन्धान सम्बन्धमा

१) डायस्पोरा साहित्य र साहित्यकारको बारेमा विभिन्न मत, दृष्टिकोणमा एकरुपता नभएकोमा यसको सर्वमान्य परिभाषा, सिमा र क्षेत्र निर्धारण गर्न अनेसासको आयोजनामा प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, अन्य विश्वविद्यालय र डायस्पोरामा सक्रिय साहित्यिक संघसंस्थाहरुको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन गरिनेछ ।
२) डायस्पोरा साहित्यमा विद्यावारिधी गर्न चाहनेलाई दुइलाख रुपैँयाको विद्वद्वृत्ति उपलब्ध गराइने छ ।
३) हरेक देशका नेपाली डायोस्पोरा साहित्यको छुट्टा छुट्टै समग्र अध्ययन अनुसन्धान शोध गर्ने ब्यक्ति, संघसंस्था वा विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तरमा गरिने अनुसन्धानको कार्य अन्तर्गतको अनुसन्धानकर्तालाई पचास हजार रुपँैयाको विद्वद्वृत्ति र सम्मान पत्रको ब्यवस्था गरिने छ ।
४) नेपाली अनलाइन साहित्य बारेमा शोध अनुसन्धान गर्ने ब्यक्ति वा संस्थालाई पचास हजार रुपैँयाको विद्वद्वृत्ति र सम्मान पत्रको ब्यवस्था गरिने छ ।
(ख) अन्तर्राष्ट्रियस्तरको साहित्यिक पुरस्कार तथा उपचार कोष स्थापना सम्बन्धमा
१) हरेक तीन वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको पाँचलाख रुपैया राशिको डायोस्पोरिक साहित्य पुरस्कारको स्थापना गरिने छ ।
२) स्वदेश तथा डायोस्पोराका साहित्यकारहरुलाई आपत परेको बेला सहयोग गर्न साहित्यकार उपचार कोषको स्थापना गरिने छ ।
(ग) साहित्यिक रचना प्रकाशन, वितरण तथा समालोचना सम्बन्धमा
१) अन्तर्राष्ट्रिय स्तरको बहुभाषिक साहित्यिक गोष्ठी गरिने छ । र त्यस अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुत रचनाको सङ्ग्रह प्रकाशित गरिनेछ ।
२) अनेसासबाट प्रकाशित पुस्तकहरुको नेपाल भर बिक्रिवितरण गर्न साझा प्रकाशन लगायत नीजि क्षेत्रका प्रकाशन गृह तथा वितरकसँग सम्झौता गरिने छ ।
३) पाठक, समालोचक तथा पत्रकारको नजरमा अनेसासबाट प्रकाशित लेखकहरुका कृतिहरु परोस र बिक्रिवितरण पनि ब्यापक होस् भन्नाका लागि नेपाल च्याप्टरको संयोजनमा काठमाण्डौं लगायत नेपालभर हुने पुस्तक प्रदर्शनीमा अनेसासको छुट्टै प्रदर्शन स्टल राख्ने ब्यवस्था गरिने छ ।
४) डायस्पोराका रचनाकारहरुको कृतिको समालोचना गराउन समालोचक तथा प्राध्यापकहरुसँग सम्बन्ध विस्तार तथा सम्झौता गरी नियमित रुपमा महिनामा एउटा डायस्पोराको कृति माथि समालोचनात्मक अध्ययन तथा अन्तरक्रिया गराइने छ ।
५) डायोस्पोरामा लेखिएका पुस्तकहरु सबै विश्वविद्यालय, उच्च माध्यमिक विद्यालय, विद्यालय आदिको पाठ्यक्रममा राख्न आवश्यक पहल गरिने छ ।
(घ) स्रष्टा सम्मान सम्बन्धमा
१) अनेसासका भूतपूर्व अध्यक्षहरु, दाताहरु, प्रायोजकहरु र डायोस्पोरा साहित्यमा उत्कृष्ट योगदान पुर्याएका साधक तथा ब्यक्तित्वहरुलाई एक विशेष समारोहमा सम्मान गरिने छ ।
२) नेपालका स्थापित साहित्यकारहरुको अन्तर्राष्ट्रिय स्तरको कृतिलाई अंग्रेजीमा अनुवाद गराई विक्रिवितरण गरिने छ ।
३) आजीवन सदस्यहरुलाई ससम्मान आजिवन सदस्यताको प्रमाणपत्र प्रदान गरिने छ ।
४) डायस्पोराका जेष्ठ स्रष्टाका नाम पुरस्कार कोष, अनुसन्धान कोष स्थापना तथा सम्मान कार्यक्रमको थालनी गरिने छ ।
(ङ) वेबसाइट सम्बन्धमा
१) संस्थाको वेब साइटमा हरेक च्याप्टरका ससाना सूचनाको पनि अभिलेख होस् र पठनिय पनि होस् भनेर एक छुट्टै वेब सम्पादकको ब्यवस्था गरिने छ । अनेसासबाट प्रकाशित सम्भव भएसम्मका सबै पुस्तकहरु र अन्तर्दृष्टि पत्रिकाको पीडीएफ फाइल राखिने छ ।
२) वेबसाइटलाई दैनिक रुपमा अपडेट गरिने र नयाँ रचना समावेश हुने गरी स्तरीय रचनाहरुको विशाल विश्वब्यापी अनलाइन सङ्ग्रहको रुपमा विकास गरिने छ ।
(च) महिला स्रष्टाहरुको उन्नयनका सम्बन्धमा
१) डायोस्पोराका महिला साहित्यकारहरुको प्रतिभालाई उजागार गर्न र उनीहरुको लेखनलाई प्रर्बद्धन गराउन अधिकार सम्पन्न एक महिला समिति गठन गरिने छ ।
२) वार्षिक रुपमा उत्कृट रचना छनोट गरी डायस्पोराकी कम्तिमा एकजना लेखिकाको पुस्तक प्रकाशन गरिने छ ।
(छ) समावेशी र गतिशील संस्था निमार्ण सम्बन्धमा
१) अनेसासलाई समयानुकुल सुधार गर्दै लैजान वर्तमान कार्यसमितिमा प्रस्तुत विधान संशोधनको प्रक्रियालाई अगाडि बढाइने छ । विधानलाई पटक पटक संशोधन गर्नु नपरोस भनेर विधानलाई च्याप्टरसम्म ब्यापक छलफल चलाई सबै क्षेत्रबाट आएका सुझावलाई ध्यानमा राखेर विधान तयार गरिने छ ।
२) संस्था हरेक हिसावले समावेशी होस् भनेर पाँच वटा क्षेत्रिय संयोजक मनोनीत गरिने छ । हरेक क्षेत्रमा केन्द्रीयस्तरको एक कार्यक्रम आयोजना गरिने छ ।
३) च्याप्टर र केन्द्र बीचमा समन्वय गर्न एक केन्द्रीय विभाग गठन गरी सबै च्याप्टरहरुका साहित्यिक काम र सांगठनिक गतिविधीहरुलाइ व्यबस्थित गरिनेछ ।
(ज) डायस्पोरिक साहित्यकारहरुको व्यक्तित्व र कृतित्वको अभिलेख राख्ने सम्वन्धमा
१) डायोस्पोरिक साहित्यकारहरुका बारेमा अध्ययन अनुसन्धान गर्न र यसको प्रामाणिक तथा आधिकारिक अभिलेख राख्न डायोस्पोरिक साहित्यकार परिचय कोशको मुद्रण तथा सीडी कपी प्रकाशन गरिने छ । सो परिचय कोशलाई समाजको वेब साइटमा पनि राखिने छ ।
२) डायोस्पोरिक स्रष्टाहरुको जीवनी संकलन गर्ने कार्य सुरु गरिने छ । र उनीहरुको अन्तर्वार्ता र आत्मबृतान्त सम्बन्धित अडियो–भीडियो संकलन र तयार गरी त्यसलाई सुरक्षित राखिने छ ।
३) डायोस्पोरिक साहित्य तथा साहित्यकार सम्बन्धी एउटा डकुमेन्ट्री तयार गरी नेपाल तथा विदेशका टेलिभिजनबाट प्रशारण गराइने छ ।
(झ) भाषा अध्ययनका लागी एकीकृत पाठ्यक्रम र शैक्षिक सामग्री सम्बन्धमा
१) विदेशमा बालबालिकाहरुलाई नेपाली भाषा र नेपाली संस्कृतिको जानकारी दिन विशेषज्ञको सहयोगमा सबै तिर पढाउन मिल्ने पाठ्यक्रम तयार गरिने छ । विदेशमा नेपाली भाषा पठनपाठनको स्कूल संचालन गराउन च्याप्टरहरुलाई उत्प्रेरित गरिने छ । त्यसका लागि बालबालिका तथा भाषा स्कूल हेर्ने अधिकार सम्पन्न एक समिति गठन गरिने छ ।
२) नेपाली भाषा संस्कृति सिक्नका लागी आवश्यक हुने डिस्टेन्स लर्निङ्का सामग्रीहरुको विकास गर्दै लगिने छ ।
३) डायस्पोराका रचनाहरुलाई अझ प्रभावकारी बनाउन आवश्यक हुने नियमित प्रशिक्षण र विशेषज्ञ प्राध्यापकहरुका प्रशिक्षण ब्याख्यानका अडियो भिज्यूअल, इ–लर्निङ सामग्रीहरुको उत्पादन गरी वेबसाइटमा राखिने छ ।
४) नेपालमा रहेका साहित्यिक संघसंस्थाहरु बीचमा सम्बन्ध विस्तार गर्ने र नेपाल भित्रका विभिन्न राष्ट्रिय भाषाहरुमा पनि डायस्पोराका रचना अनुवाद गराउन पहल गरिने छ ।
(ञ) एनआरएन तथा अन्य साहित्यिक संस्थाहरुसँगको सहकार्यका सम्बन्धमा
१) एनआरएनसँग नजिकको सम्बन्ध विस्तार गरी समान रुचिका विषयमा सहकार्य गरिने छ । एनआरएनसँग समन्वय र सहकार्य गर्न कार्यसमितिका एक जनालाई सम्पर्क अधिकारी बनाइने छ ।
२) नेपाली साहित्यको उन्नयनमा लागेका स्थानीय तहका अन्य साहित्यिक संस्थाहरुसँग सहकार्य गरि एकीकृत नेपाली साहित्यको उन्नयनको अभियानका लागि पहल गरिनेछ ।
(ट) मुखपत्र प्रकाशन तथा वितरण सम्बन्धमा
१) समाजको साहित्यिक मुखपत्र अन्तर्दृष्टिको विक्रि वितरण सर्वशुलभ बनाई कम्तिमा आजीवन सदस्यहरु सम्म पुर्याउन यसको इ–कपि र प्रिन्ट कपि दुबै प्रकाशन गरिने छ । इ–कपि हरेक आजीवन सदस्यको इमेलमा पुर्याउने ब्यवस्था गरिने छ ।
२) च्याप्टरहरुव्दारा नियमित प्रकासन भइरहेका सबै च्याप्टरका साहित्यिक प्रकासनहरुलाई पनि केन्द्र वेबसाइटमा ब्यबस्थित रुपमा राखिने छ ।
(ठ) नियमित साहित्यक कार्यक्रम सम्बन्धमा
१) च्याप्टरहरुको आयोजना र केन्द्रको संलग्नतामा नियमित साहित्य कार्यक्रम गरी विश्वका कुनाकाप्चामा रहेका सबै नेपाली साहित्य अनुरागीहरुलाई विश्वब्यापी अनेसासको सञ्जालमा आवद्व गराइने छ ।
२)विश्वब्यापी रुपमा भिडियो कन्फरेन्स माध्यमबाट साहित्यिक रचना प्रस्तुत गर्ने तथा साहित्यिक गोष्ठी आयोजना गरी डायस्पोराका स्रष्टाहरुलाई प्रोत्साहन गर्दै प्रचार–प्रसार गरिने छ ।
(ड) साहित्यकारहरुको व्यावसायिक वृत्ति विकासको पहल गर्ने सम्बन्धमा
१) गीतकार, गायक, संगीतकार, कथाकार, चलचित्र निर्माता, निर्देशक, निबन्धकार, डकुमेन्ट्री निर्माताहरु बीचमा समन्वय गराई डायस्पोराका रचनाकारहरुलाई स्थान दिलाउन प्रोत्साहान गरिनेछ ।
२) विभिन्न देशमा रहेका भाषा साहित्य एकाडेमीमा नेपाली भाषी स्रष्टाहरुलाई समावेश गराउन आवश्यक पूर्वाधारका बारेमा अध्ययन गर्न एक आयोग गठन गरिने छ ।
(ढ) अनेसासको साहित्यिक रेडियो कार्यक्रम सञ्चालन सम्बन्धमा
१) नेपाली डायस्पोरिक साहित्यिक रेडियो कार्यक्रमको उत्पादन गरी नियमित रुपमा नेपालका एफएम, अन्य रेडियो तथा अनलाइनमा प्रशारणको कार्य तुरुन्त थालनी गरिने छ ।
२) जेष्ठ स्रष्टाहरुका रचना, अन्तरवार्ता र आत्मबृतान्त समेटिएका सामाग्रीहरुको अडियो भिडियो संकलन गरी अभिलेख राख्ने कामको थालनी गरिने छ ।
हरेक दुइ वर्षमा निर्वाचन हुने अमेरिकामा मुख्य कार्यलय रहेको अनेसासको यस पटकको निर्वाचन जुन १८–२० मा हुँदैछ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया