Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
काठमाडौं- प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल र भारतबीच भएको द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण (बिपा) सम्झौताको संसद बैठकमा चर्को विरोध भएको छ ।
सोमबारको संसद बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिपा सम्झौता राष्ट्रको हितमा रहेको बताएपनि सभासदहरुले सम्झौताको चर्को विरोध गरेका हुन् । संसद वैठकमा माओवादीका सभाषद् एकराज भण्डारीले बिपा सम्झौता राष्ट्रको हितमा नभएका बताउनु भयो । माओवादी सभाषद् भण्डारीले सम्झौताका बारेमा संसदमा छलफल गराएर पारित भएपछि मात्रै लागू गर्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका सभाषद् रामशरण महतले प्रधानमन्त्री भट्टराईको भ्रमण उपलब्धिहीन भएको बताउनुभयो । बिपा सम्झौताबाट कुनै चमत्कार नहुने भन्दै महतले सम्झौताको कार्यान्वयनका लागि माओवादी कार्यकर्तामै भर पर्ने बताउनुभयो । ‘माओवादीले आफ्नै कार्यकर्ताको विरोध रोक्न सक्दैन’, महतले भन्नुभयो, ‘व्यक्तिगत सम्पतिको त माओवादीबाट सुरक्षा छैन, लगानी सुरक्षा हुन्छ भनेर कसरी पत्याउने ?’
प्रधानमन्त्रीले २०५२ सालमा तत्कालिन सरकारलाई बुझाएको चालिस बुँदेको प्रशंग निकाल्दै महतले भन्नुभयो, ‘छैठौँ बुँदामा विदेशी लगानी बन्द गर्नुपर्ने कुरा उल्लेख भएको छ, अहिलेको सहमति कार्यान्वयन हुन्छ भनेर पत्याउने अवस्था छैन ।’
विदेशी लगानी भित्र्याउने विषयमा माओवादीमा रुपान्तरण भएको हो भने त्यो स्वागतयोग्य भएको महतले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया