Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडाैं – आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो ।

परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो । ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन स्टडीज’का अनुसन्धानकर्ता डेभ सिजमर्लरले उक्त विश्लेषण लेखेका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘परमाणु अस्त्रको बटन मसँगै छ’

‘मेरो पारमाणविक अस्त्रको बटन झन् ठूलो’

प्रक्षेपण
सो विश्लेषणमा जनाइए अनुसार गत एप्रिल २८ तारिखमा उक्त घटना भएको थियो । अमेरिकी सरकारी स्रोतहरूका अनुसार उक्त क्षेप्यास्त्रको परीक्षण ठिक तरिकाले हुन नसकेपछि त्यो आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।

बीबीसीसँग कुरा गर्दै अंकित पाण्डाले भने, “क्षेप्यास्त्र परीक्षणका लागि तयार पारिएकै बेला इञ्जिनले काम गर्न छाड्यो जसका कारण क्षेप्यास्त्र आफ्नो क्षेत्रभन्दा बाहिर जान सकेन ।”उत्तरउनले थपे, “क्षेप्यास्त्रमा तरल इन्धन हुन्छ र क्षेप्यास्त्र प्रक्षेपण गर्ने बेला ठूलो विस्फोट हुन्छ । यसको प्रमाण हामी भूउपग्रहबाट प्राप्त तस्वीरबाट पाउन सक्छौँ ।” उक्त क्षेप्यास्त्रको परीक्षण विफल हुँदा त्यसबाट हुन गएको नोक्सानीबारे भूउपग्रहबाट प्राप्त तस्वीरका आधारमा चाहिँ लख काट्न गाह्रो छ ।

टोकचोन शहरमा खसेको ह्वासङ-१२ नामक उक्त क्षेप्यास्त्र मध्यम दूरीको थियो । अरू बेलामा जस्तो प्योङयाङले सो क्षेप्यास्त्रबारे कुनै दावी गरेन तर अन्तर्राष्ट्रिय समुदायबाट उसको कडा आलोचना भयो ।

निरन्तरता
एप्रिलमा पाएको असफलतापछि मेमा दोस्रो पटक गरिएको उक्त क्षेप्यास्त्रको परीक्षण सफल भएको थियो । लगातार परमाणविक परीक्षण गरेका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना खेप्दै आएको छ ।

संयुक्त राष्ट्रसंघीय र अमेरिकी प्रतिबन्धका बावजुद उसले आफ्ना पारणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।उत्तरगत नोभेम्बरमा अन्तरमहादेशीय क्षेप्यास्त्रको परीक्षण गरेको उत्तर कोरियाले त्यसको पहुँचमा पूरै अमेरिका भएको दावी गरेको थियो । नयाँ वर्षको शुभकामना दिँदै उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नो देशको परमाणु अस्त्रको बटन आफू नजिकै रहेको बताएका थिए ।

जवाफमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले किमको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन ‘धेरै ठूलो’ र ‘झन् बढी शक्तिशाली’ रहेको बताएका छन् । बीबीसी

तपाईको प्रतिक्रिया