Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो – टोकियो कोतो कु-अन्तर्गत अन्तर प्राथमिक विद्यालय ३६ औं वान्पाकु सुमो टुर्नामेन्टमा कलंकीका १० बर्षीय प्रिन्स थापाले १२८ जना प्रतिस्पर्धीलाई पछि पार्दै दोश्रो स्थान हासिल गरेर नेपालको नाम उच्च बनाएका छन् ।

कोतो कु-मा रहेका २४ वटा प्राथमिक बिद्यालयका कक्षा ५ मा अध्ययनरत १२८ जना प्रतिस्पर्धीहरुलाई पराजित गर्दै प्रिन्स दोश्रो भएका हुन् ।

काठमाडौ कलंकीका थापा परिवार कोतो कु-को कामेइडोमा बस्दै आएको छ भने प्रिन्स स्थानिय सुइजिन प्राथामिक बिद्यालयमा पाँचौ कक्षामा अध्ययन गर्दैछन् । सानैदेखि सुमोमा रुची राख्ने मोटो ज्यान भएका प्रिन्सले खासै बिशेष प्रशिक्षण भने लिएका थिएनन् र उनले यति राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा उनको परिवारले नगरेको आमा शर्मिला थापाले बताईन् । स्कुलमै सामान्य हिसाबले खेल्न सिकेका प्रिन्सले दोश्रो स्थानमा बिजय हासिल गरेर विद्यालयले रनिङ शिल्ड प्राप्त गरेपछि उनका गुरुहरु पनि अहिले दंग छन् र प्रिन्सको बिजयसंगै कोतो कु भरिनै नेपालको चर्चा परिचर्चा पनि बढ्न थालेको छ । प्रिन्सले वान्पाकु सुमो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गरेबापत  पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

एउटा नेपालीको छोरोले यति कलिलो उमेरमा सुमो खेलमा राखेको कीर्तिमानीले देशको ईज्जत र चिनारी  बढाउने काम एकैचोटी भएको उनका प्रशंसकहरु बताउँछन् ।

जापानको राष्ट्रिय खेल सुमोको प्रारम्भिक अवस्थामा बाल खेलाडिहरुले खेल्ने (बाल सुमो) लाई वान्पाकु सुमो भनिने आमा शर्मिलाले बताईन् ।

प्रिन्सले जितेको म्याच स्थानिय टेलिभजन १० नंबर च्यानलले आगमी जुन २ तारिख प्रसारण गर्ने भएको छ । ***

 

 

प्रिन्स सुमो खेलेको टुर्नामेन्ट भिडियो-१

भिडियो -२ 

भिडियो – ३ 

 

 

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया