Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

टोकियो –  बिदेशी नागरिकहरुसंग आपसमा कला, सँस्कृति, खानपान र रहनसहनको आदान-प्रदान गरी पारस्परिक घुलमिल बढाउँने उद्देश्यले हरेक बर्ष आयोजना हुँदै आएको ओता फेष्टिबल यो बर्ष आगामी जुन ३ तारिख आइतवारका दिन बिशेषरुपले मनाईने भएको छ । यो बर्ष हुन गईरहेको पांचौ फेष्टिबलको अन्तिम तैयारीका लागि आउँदो २७ तारिख आइतवार राखिएको तयारी भेलामा उपस्थित भईदिन आयोजकहरुले ओता कु-मा बसोबास गर्ने नेपालीहरुमा हार्दिक अनुरोध गरेका छन् ।

सो दिन अपरान्ह ३ बजेदेखि ओमोरी सेइयु भवनको पाँचौ तलामा उक्त तयारी भेला राखिएको फेष्टिबल आयोजक समितिका डा. कोबयासीले बताए ।

बिशेषगरी ओता कु-मा अधिक नेपालीहरुको बसोबास रहेको भएपनि यहाँका स्थानिय जापानी समुदायसंग अपेक्षित घुलमिल र सम्पर्क स्थापित हुन नसकेको स्थानियहरुको ठहर छ । त्यसैले पनि यो बर्षको फेष्टिबलमा यथासम्भव नेपालीहरुको सहभागिता र सक्रियताको लागि आवश्यक गृहकार्यका लागि भेला राखिएको बताईएको छ ।

बिभिन्न देशका कला, सँस्कृति, खानपान, भेषभुषा जस्ता चिनारी झल्काउने स्टलहरु, खेलकुद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम जस्ता आकर्षणहरु फेष्टिबलमा रहने जनाइएको छ ।  ‘नेपालीहरुको पनि सक्दो सक्रिय सहभागिताको अपेक्षा गरेका छौं ‘  डा. कोबयासीले भने ।

‘लुम्बिनी भ्रमण बर्षकोसमेत सन्दर्भ परेको उक्त फेष्टिबललाई नेपाललाई चिनाउने अवसरकारुपमा समेत भरपुर उपयोग गर्न सकिने भएकोले उत्साहजनक नेपालीहरुको सहभागिता बढाउन हरसंभवका प्रयासहरु गरेका छौं’ – लामो समयदेखि ओता कु-मा बस्दै आएका समाजसेवी शालिकराम भण्डारीले बताए ।

ओता स्टेडियममा हुने उक्त फेष्टिबलमा उत्साहजनक बिदेशीहरुको सहभागिता रहने अपेक्षासहित स्वागतका लागि ओताबासीहरु ब्यग्र प्रतिक्षामा रहेको  स्थानियहरु बताउंछन ।  स्मरणरहोस्,  हानेडा अन्तरराष्ट्रिय विमानस्थल पनि यसै वार्डमा पर्ने भएकोले पनि यस वार्डका जनताहरु बिदेशीहरुसंग बढि घुलमिल गर्न चाहेको बताईन्छ । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया