Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख १८, २०८२
Thursday, May 1, 2025

परिस्थिति असमान्य, तर नेतृत्व सामान्य – नेता विष्ट

टोकियो – आज टोकियोमा तत्कालिन एमाले महासचिव जननेता मदन भण्डारी तथा संगठन बिभाग प्रमुख जिवराज आश्रितको सम्झना र सम्मानमा मदन-आश्रित १९ औं स्मृति दिवस मनाईयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले नेताद्वय भण्डारी र आश्रितको ब्यक्तित्वमाथि प्रकाश पार्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गरे । बहुदलिय जनबादको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक पहिचान कायम राख्न सफल स्मरणीय पात्र मदन भण्डारीको आज पनि उत्तिकै अभाव खड्केको बताउँदै नेता विष्टले भने -‘मदन-आश्रित बाँचेको भए शायद आजको यस्तो राजनैतिक अस्थिरता भोग्नुपर्ने थिएन । कमरेड मदन र आश्रितसंग हालका कुनै पनि जिवित नेताहरुसंग तुलना हुन नसक्ने ठोकुवा गर्दै उनले भने- ‘अहिले भिडलाई नेताले हैन, भिडले नेतालाई लतारीरहेको अवस्था छ, आज एउटा भिडले दबाब दियो भने एउटा निर्णय गरिन्छ, भोलि अर्को भिडको दबाब आएपछि फेरि अर्को निर्णय गरिन्छ अहिलेको यथार्थता भनेको यहि नै हो, समस्या यहिनेर अल्झिएको छ |’ उनले घुमाउरो पारामा नेतृत्वप्रति ब्यङ्ग्य कस्दै उनले भने- ‘अहिले परिस्थिति एकदमै असामान्य छ, तर नेतृत्व सामान्य छ । देशभन्दा माथि पार्टी, पार्टीभन्दामाथि गुट, गुटभन्दा माथि परिवार र परिवारभन्दामाथि आफुलाई राख्ने नेताहरुको प्रबृत्तिले देश बिग्रेको र समस्या अझ जटिल बन्दै गईरहेको विचार ब्यक्त गर्दै उनले थपे- ‘आगो लागेपछि इनार खन्ने प्रबृत्ति सच्याएर बेलैमा नयाँ ढंगले रुपान्तर हुन जरुरी छ ।’

‘समृद्ध जीवन र सभ्य समाजको निर्माण गर्नु नै राजनीतिको उद्देश्य हो, केहि पात्रको स्वार्थको लागि मात्र राजनीति सीमित हुनुहुँदैन । त्यसैले विराट संभावना भएको नेपालमा बिकासको मुल फुटाउन राजनीतिलाई सच्याउन जरुरी छ । समृद्ध जीवनको खाका कोर्न जरुरी छ । रात जतिसुकै लामो भएपनि बिहानी भएरै छोड्छ”- नेता विष्टको भनाई थियो ।

घुमाउरो पाराले नेता विष्टले शिर्षस्थ नेताहरुको फितलो अडानका कारण परिस्थिति जटिल बन्दै गएको आरोप लगाए पनि जेठ १४ भित्रै संबिधान बन्ने आशय ब्यक्त गरे । नेपालको पछिल्लो राजनैतिक बिसंगतिप्रति संकेत गर्दै उनले भने- ‘किसान बनेर बारीमा भोलभेडा फलाउन गाह्रो छ, तर हाम्रो देशमा मन्त्री बन्न सजिलो छ । नर्वे, बिहार, चिनलगायतका देशहरुको उदाहरण दिदैं नेता विष्टले नेपालमा पनि चाहने हो भने बिकास गर्न त्यति धेरै समय नलाग्ने ठोकुवा गरे ।

नेकपा एमालेको जापानस्थित भात्तृसंगठन नेपाली लोकतान्त्रिक मञ्च (NDF) जापानको टोकियो क्षेत्रिय कमिटीको आयोजनामा आज टोकियोमा मदन-आश्रित स्मृति दिवस समारोह भएको हो ।

मदन-आश्रित लगायत ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गर्दै शुरु भएको सो समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मदन भण्डारी र जिवराज आश्रितको ब्यक्तित्वमाथि प्रकाश पार्दै नेपाली कम्युनिष्ट आन्दोलनमा मदन-आश्रितको योगदानबारे चर्चा गरेका थिए ।

समारोहका वक्ताहरुमा एनआरएन अध्यक्ष ओम गुरुङ, एनआरएन आईसीसी सदस्य रोशन केसी, नेपाली जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठ, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, नेकपा एमाले जापान प्रवास कमिटीका पूर्व सचिव तथा एनडिएफका राजनैतिक सल्लाहकार सूर्य पाठक, एनडिएफ जापानका अध्यक्ष सिर्जना काफ़्लेलगायतका रहेका थिए । आयोजक सँस्थाका अध्यक्ष देवीलाल भण्डारीको सभापतित्वमा भएको सो समारोहमा उपाध्यक्ष अनन्त भण्डारीको स्वागत भाषण रहेको थियो भने एनडिएफ केन्द्रिय उपाध्यक्ष मोहन रायमाझीले बिषय प्रवेश गराएका थिए ।

समारोहमा दिपेन्द्र पाठकले मदन-आश्रितप्रति श्रद्धाञ्जली ब्यक्त गरिएका कविता वाचन गरेका थिए भने गायक अम्मर गुरुङले देशभक्तिले भरिएको गीत गाएर राष्ट्रिय भावना जगाएका थिए ।

कार्यक्रमको अन्तमा एनडिएफका केन्द्रिय उपाध्यक्ष महेन्द्र श्रेष्ठले धन्यबाद मन्तब्य ब्यक्त गरेका थिए भने सभापति भण्डारीले समारोहको समापन गरे । समारोहमा एनडिएफ़ टोकियोका सचिव बुध्दीराज घिमिरेको संचालन रहेको थियो ।

समारोहमा नेता विष्टलाई गुल्मेली समाजको तर्फबाट अध्यक्ष शालिकराम भण्डारीले खादार्पणसहित हार्दिक स्वागत गरेका थिए । प्रमुख अतिथि तथा अतिथिहरुबाट मदन-आश्रितको तस्वीरमा माल्यार्पाणबाट शुरु गरिएको समारोहको प्रारम्भमा डा. राजेन्द्र पराजुलीले नेताद्वयको जीवनीबारे प्रकाश पारेका थिए ।

औपचारिक कार्यक्रम पश्चात नेता विष्टसंग नेपालमा ऊर्जा संकट र समाधानका उपायहरु बिषयक अन्तरक्रिया गरियो । अन्तरक्रियामा ऊर्जाबिज्ञ डा. राम गिरी र जलबिद्युत क्षेत्रका ज्ञाता महेशकुमार श्रेष्ठले नेपालमा ऊर्जा संकटलाई न्युनिकरणका लागि जलबिद्युतमा जोड दिनुपर्ने भएकाले तत्सम्बन्धि हाल नेपालको अवस्थाबारे जानाकारी गराएका थिए ।

अघिल्लो सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै बिद्युत चुहावटलाई कम गर्दै लोडसेडिङ घटाएर कम समयमै चर्चामा आएका मन्त्री विष्ट नेपालका थोरै उदाहरणीय मन्त्रीमध्यका एक मानिन्छन् । ***

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया