Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै (असारमै) बजेट पास भएको छ। व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा बजेट पास भएको हो। बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको हो।

तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो। तर कांग्रेस र माओवादीनेतृत्व सरकार ढाल्नका लागि बजेटका आक्षित विधेयक व्यवस्थापिका संसदबाट पारित हुन दिइएको थिएन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सरकार परिवर्तन भयो। अर्को आर्थिक वर्ष लागेपछि माओवादी नेतृत्वमा बनेको कांग्रेससहितको सरकारले आर्थिक विधेयक संसद्मा लगेर पास गराए, त्यतिञ्जेल समसामयिक कर असुली ऐन २०१२ को व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरी राजस्व उठाइएको थियो। उक्त आधारमा विनियोजन विधेयक गत वर्ष असारमै पास भएका थिएनन्।

तथ्यांकअनुसार १६ वर्षअघि तत्कालीन अर्थमन्त्री महेश आचार्यका पालामा ०५७ ५८ मै बजेट पारित भएको थियो। सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको बजेटको सबै विधेयक पास भएपछि साउन १ बाटै खर्च गर्ने, राजस्व र ऋण उठाउने बाटो खुलेको छ। असार मासान्तभित्रै विनियोजन विधेयक पारित भएकाले यसपटक पेस्की खर्च विधेयक भने आवश्यक पदैन।

अब संघ, प्रदेश र स्थानीय तहले साउन १ देखि नै बजेट खर्च गर्न पाउनेछन्। विनियोजन विधेयकले खर्च गर्न, आर्थिक विधेयकले राजस्व उठाउन र राष्ट्र ऋणले आन्तरिक ऋण उठाउने बाटो खुल्छ।

तपाईको प्रतिक्रिया