Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा स्थानीय जनप्रतिनिधिलाई परिचालन गरी पुनर्निर्माण र पुनर्लाभमा सहजीकरण गरिदिने व्यवस्था मिलाउन परिपत्र गरेको छ ।

प्राधिकरणले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई बुधबार परिपत्र गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारीस्तरमा भएको निर्णयअनुसार चुनाव सम्पन्न भइसकेका भूकम्प प्रभावित जिल्लाका गाँउपालिका तथा नगरपालिका र निर्वाचन हुन बाँकी जिल्ला समन्वय समितिलाई यस्तो परिपत्र भएको हो ।

विसं २०७३ पुस मसान्तसम्म आवास अनुदानबापतको पहिलो किस्ता लिएका भूकम्प प्रभावित लाभग्राहीले घरको जग राख्न बाँकी भए असार मसान्तभित्र राखी÷प्लिन्थ तहसम्मको कार्य सम्पन्न गरी दोस्रो किस्ता दाबी गरिसक्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको प्राधिकरणका सह–प्रवक्ता डा भीष्मकुमार भुसालले राससलाई जानकारी दिनुभयो ।

“सबै वडा पदाधिकारीलाई परिचालन गरेर पुनर्निर्माण र पुनर्लाभमा सहकार्य, सहयोग र सहजीकरण गरिदिनुका साथै भूकम्प प्रभावित १७ जिल्लामा लाभग्राहीसँग अनुदान सम्झौता अविलम्ब सम्पन्न गरेर असार मसान्तसम्म पहिलो किस्ताको रकम वितरण गर्न अनुरोध गरिन्छ” परिपत्रमा उल्लेख गरिएको छ ।

प्राधिकरणबाट गुनासो सुनुवाइमार्फत् लाभग्राही सूचिमा परेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरी गाउँपालिका, नगरपालिकाले अविलम्ब जिल्ला समन्वय समितिमा पठाउन भनिएको छ ।

समितिले यसअगावै पठाइएको अख्तियारी रकमबाटै पहिलो किस्ताको रकम पाइसकेका लाभग्राहीलाई दोस्रो तथा तेस्रो किस्ताका लागि जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइबाट सिफारिस भई आएमा भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत परिपत्र गरेको सहप्रवक्ता भुसालले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया