Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ –  हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियानअन्तर्गत यो वर्षको पहिलो चरणमा ८० प्रतिशतले औषधि सेवन गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड आठ लाखलाई सो रोग विरुद्वको औषधि खुवाउने लक्ष्य राखेको छ ।

यही चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि खुवाउने कार्यक्रममा छुटेका २० प्रतिशतमध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारेरोगी, एक हप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले हात्तीपाइलेको औषधि सेवन नगरेको र १० प्रतिशत भने औषधि खानबाट छुटेको महाशाखाले जनाएको छ ।

अभियानअन्तर्गत पहिलो चरणमा भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुर र दार्चुलामा औषधि सेवन अभियान सञ्चालन भएको थियो ।

आगामी १७, १८ र १९ गते दोस्रो चरण सञ्चालन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुनेछ । औषधि आएमा असर गर्ने भन्ने भम्र भएकाले सरकारले उच्चस्तरको औषधि खुवाउन लागेकाले ढुक्क भएर औषधि खाई हात्तीपाइले हुनबाट बच्न महाशाखाका निर्देशक डा भीम आर्चायले अनुरोध गनुभयो ।

महाशाखाको हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय ‘फोकल पर्सन’ तुलसी अधिकारीले अभियान सञ्चालन हुने जिल्लाका जनतालाई औषधि सेवन गर्न आग्रह गर्नुभएको छ ।

नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम छ । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेको महाशाखाले जनाएको छ ।

जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरिया) भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।

नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीवीको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।

विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।

सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।

तपाईको प्रतिक्रिया