काठमाडौ- वर्षभरिका घटनाक्रमलाई र्फकेर हेर्दा निराशाजनक तस्बिर देखिए पनि पछिल्लो समय शान्ति र संविधानमा देखिएको विश्वासको वातावरणले केही आश पलाएको छ ।
वैशाख ६ गतेः रातो पासपोर्ट दुरुपयोगको आरोपमा सभासदद्वय गायत्री साह र विश्वनाथ प्रसाद (बीपी) यादव पक्राउ ।
७ गतेः जनविद्रोहको कार्यदिशामा अग्रसर भएको माओवादीले शान्ति र संविधानको नीति पारित
गर्यो । भारतका विदेशमन्त्री एसएम कृष्णा नेपाल भ्रमणमा आए ।
८ गतेः नागरिकता विवादमा परेका अर्थराज्यमन्त्री ल्यारक्याल लामाद्वारा राजीनामा ।
११ गतेः भारतका प्रसिद्ध साईबाबाको ८५ वर्षको उमेरमा निधन ।
१४ गतेः चितवनमा भएको गोलीकाण्डमा पूर्वयुवराज पारस कसुरदार ठहर, पहिलो पटकलाई कागज गराएर छाडियो ।
१९ गतेः पाकिस्तानमा लुकेर बसेका अल-कायदा अगुवा ओसामा बिन लादेन अमेरिकी सेनाको विशेष कारबाहीमा मारिए ।
२० गतेः सिन्धुलीको रिट्ठेभीरमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु ।
२१ गतेः डोटीको चौखुट्टेमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु ।
२३ गतेः सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशमा खिलानाथ रेग्मी नियुक्त ।
२६ गतेः सगरमाथा आरोहणका क्रममा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन ।
२८ गतेः आप्पा शेर्पा २१ औंपटक सगरमाथा चढे ।
जेठ ४ गतेः माथिल्लो तामाकोशी जलविद्युत आयोजना (४५६ मेगावाट) को प्रधानमन्त्री झलनाथ खनालद्वारा शिलान्यास ।
५ गतेः कुमारी आमाका सन्तानलाई पनि नागरिकता दिन सर्वोच्च अदालतद्वारा सरकारलाई परमादेश ।
९ गतेः मधेसी फोरम नेपाल फुट्यो, सहअध्यक्ष जयप्रकाश गुप्ताले १३ सभासद्सहित फोरम लोकतान्त्रिक गठन गरे ।
११ गतेः सर्वोच्च अदालतद्वारा संविधानसभाको म्याद ६ महिनाभन्दा बढी नथप्न आदेश ।
१४ गतेः संविधानसभाको म्याद तीन महिना थप ।
१७ गतेः कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका माओवादी बि्रगेड कमाण्डर गोविन्द बटालालाई तीन वर्ष कैद फैसला ।
१८ गतेः रमेश चन्दठकुरीलाई हटाएर सरकारद्वारा रविन्द्रप्रताप शाहलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त ।
२१ गतेः देशभरका २० जिल्लाबाट मेसिन रिडेबल पासपोर्ट वितरण प्रारम्भ ।
२२ गतेः माओवादी हेडक्वार्टरबाट दोहोरो सुरक्षाका लागि राखिएका लडाकु फिर्ता ।
३१ गतेः ब्यारेकभित्र विद्रोह गरेको अभियोगमा म्याग्दीस्थित सैनिक गुल्ममा कार्यरत २३ सैनिक बर्खास्त ।
असार ५ गतेः सदन अवरोधको आरोपमा चार सभासद् निलम्बित ।
१७ गतेः देशका विभिन्न ठाउँमा बाढी-पहिरोका कारण १५ जनाको मृत्यु ।
२० गतेः पहिरोमा परी देशका विभिन्न भागमा २० जना मारिए । शिक्षा मन्त्रालयको छानबिन समितिद्वारा गतवर्ष पाठ्यपुस्तक वितरणमा ७३ करोड रुपैयाँ अनियमितता भएको ठहर । रातो पासपोर्ट दुरुपयोगको अभियोगमा सभासद् नारदमुनी राना पक्राउ ।
३० गतेः विशेष अदालतले तोकेको ५ करोड रुपैयाँ बुझाउन नसकेपछि पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङ थुनामा ।
साउन ३ गतेः सुडान काण्डका आरोपित रमेश चन्द पुर्पक्षका लागि थुनामा ।
९ गतेः १५ करोड धरौटी बुझाउन नसक्दा पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा थुनामा ।
१४ गतेः माओवादी मन्त्रीहरूद्वारा सामूहिक राजीनामा ।
२१ गतेः सार्वजनिक ठाउँमा धूमपान गर्न प्रतिबन्ध ।
२९ गतेः प्रधानमन्त्री झलनाथ खनालद्वारा राजीनामा, संसदमा सम्बोधनमार्फत एमाले र माओवादीलाई दोष ।
भदौ १० गतेः माओवादी उपाध्यक्ष बाबुराम भट्टराई मधेसी मोर्चाको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित ।
१२ गतेः संविधानसभाको म्याद तीन महिना थप ।
१३ गतेः शिविरमा रहेका माओवादी लडाकुहरूको पुनःवर्गीकरण सुरु ।
१५ गतेः शिविरमा रहेका हतियारको साँचो सरकारलाई बुझाइयो, वैध समूहको विरोध ।
२१ गतेः भ्रष्टाचार गरेको ठहरसहित नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीलाई सर्वोच्चद्वारा डेढ वर्ष कैद र २ करोड ७८ लाख जरिवानाको फैसला ।
२९ गतेः झापाका ३ ठाउँमा बर्डफ्लुको पुष्टि ।
असोज १ गतेः राजधानीमा १९९० सालपछिकै शक्तिशाली भूकम्प, ५ मारिए, ६ घाइते, भारतमा ५४ जना मरे ।
७ गतेः प्रधानमन्त्री बाबुराम भट्टराईद्वारा न्युयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन ।
८ गतेः ललितपुरको कोटडाँडामा बुद्ध एयरको विमान दुर्घटना, १९ जनाको मृत्यु ।
९ गतेः हिन्दु युवासंघका अध्यक्ष काशी तिवारीको हत्याको मुद्दामा भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई पर्सा प्रहरीद्वारा पक्राउपुर्जी । इस्लामिक संघका महासचिव फैजान अहमदको राजधानीमा गोली हानी हत्या ।
१० गतेः जनगणनाको नतिजा सार्वजनिक, नेपालको जनसंख्या २ करोड ६६ लाख पुग्यो ।
११ गतेः भ्रातृ संस्थाका पदाधिकारी विवादमा कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाद्वारा केन्द्रीय सदस्य पदबाट राजीनामा । बैंकिङ अनियमितताको आरोपमा नेपाल सेयर मार्केटस् एन्ड फाइनान्सका कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठ पक्राउ, २ अर्ब ६६ करोड अपचलनको आरोप ।
१२ गतेः द्वन्द्वमा मारिएका र बेपत्ताका परिवारलाई २/२ लाख दिने सरकारको निर्णय ।
२१ गतेः एप्पल कम्पनीका अध्यक्ष स्टिभ जब्सको निधन ।
२४ गतेः राष्ट्रपति रामवरण यादवको कतार भ्रमण ।
२६ गतेः सिन्धुलीको झाँगाझोलीमा बस दुर्घटना, ४१ जनाको मृत्यु, १५ घाइते ।
कात्तिक १ गतेः नेपालगन्जबाट बिरामी बोकर काठमाडौं उडेको सैनिक जहाज बाग्लुङमा दुर्घटनाग्रस्त, ६ को मृत्यु ।
२ गतेः भूमिसुधारमन्त्री प्रभु साह र रक्षामन्त्री शरदसिंह भण्डारी पदमुक्त ।
३ गतेः प्रधानमन्त्री भट्टराई चारदिने भारत भ्रमणमा । लिबियाका सैनिक शासक कर्णेल गद्दाफी सडकमा मारिए ।
४ गतेः प्रधानमन्त्री भट्टराई र भारतीय समकक्षी मनमोहन सिंहबीच द्विपक्षीय वार्ता, बिप्पा सम्झौता सम्पन्न ।
६ गतेः दार्जिलिङमा पुल खस्दा ३२ नेपालीभाषीको मृत्यु ।
१५ गतेः दलहरूबीच लडाकु समायोजनबारे सातबुँदे सहमति, ६ हजार ५ सयलाई सेनामा समायोजन गरिने घोषणा ।
२१ गतेः सुनसरीको इनरुवामा बस जुध्दा आठजना मारिए ।
२२ गतेः मन्त्रिपरिषद् विस्तार गरी ४६ सदस्यीय बनाइयो । सरकारद्वारा सभासद् बालकृष्ण ढुंगेललाई आममाफीको राष्ट्रपतिसमक्ष सिफारिस ।
२४ गतेः माल्दिभ्समा १७ औं सार्क शिखर सम्मेलन सम्पन्न । सुनसरीको इनरुवामा ट्रयाक्टर दुर्घटनामा परेर १८ तीर्थयात्रीको मृत्यु ।
२८ गतेः अहिलेसम्मकै ठूलो ४९ सदस्यीय मन्त्रिपरिषद् गठन ।
मंसिर १ गतेः माओवादी लडाकुको पुनर्वर्गिकरण सुरु ।
६ गतेः आठ सदस्यीय राज्य पुनसर्ंरचना आयोग गठन ।
७ गतेः हत्या अभियोग लागेका सभासद् बालकृष्ण ढुंगेललाई आममाफी नदिन सर्वोच्च अदालतको अन्तरिम आदेश ।
९ गतेः संविधानसभाको म्याद अब एकपटक, त्यो पनि ६ महिनाका लागिमात्र थप्न मिल्ने सर्वोच्च अदालतको फैसला, नभए जनमत संग्रह वा अर्को निर्वाचनमा जान निर्देशन ।
१२ गतेः वर्गीकरणका क्रममा तीन हजार लडाकु गायव भएको भेटियो ।
१३ गतेः बर्डफ्लु भेटिएपछि भक्तपुरको लोकन्थली संकटग्रस्त क्षेत्र घोषित ।
१८ गतेः भारतका चर्चित अभिनेता देवआनन्दको निधन ।
२० गतेः राज्य पुनर्संरचना आयोगको संयोजकमा मदन परियार नियुक्त ।
२२ गतेः पूर्वराजादेखि पूर्वमन्त्रीसम्म विशिष्टहरूको गैरकानुनी सुविधा खारेज गर्ने सर्वोच्च अदालतको फैसला ।
२७ गतेः चिनियाँ प्रधानमन्त्री वेन जिआबाओको प्रस्तावित नेपाल भ्रमण स्थगित ।
पुस २ गतेः बैतडीमा बस खस्दा १४ जनाको
मृत्यु । चितवन कारागारमा आक्रमण हुँदा तरुण दलका जिल्ला अध्यक्ष शिव पौडेल घाइते -केही दिनपछि निधन भयो) ।
७ गतेः फोरम लोकतान्त्रिकका सभासद् सञ्जयकुमार साहले संसदमा माइक भाँचे, १० दिन निलम्बित ।
१० गतेः वैद्य समूहद्वारा पार्टीमा जनविद्रोहको प्रस्ताव प्रस्तुत ।
१९ गतेः सरकारद्वारा स्थानीय निकायको दलीय संयन्त्र खारेजीको निर्णय ।
३० गतेः चिनियाँ प्रधानमन्त्री वेन एकदिने नेपाल भ्रमणमा, आठबँुदे समझदारी, साढे ५ अर्ब रुपैयाँ सहयोग दिने ।
माघ २ गतेः माओवादी जनसत्ताको निर्णयमा भएका घरजग्गा रजिष्ट्रेसनलाई सरकारद्वारा मान्यता दिने निर्णय । अपहरणको अभियोगमा सभासद् श्यामसुन्दर गुप्ता पक्राउ ।
५ गतेः जनसत्ताको निर्णयलाई वैधता नदिन सर्वोच्चद्वारा अन्तरिम आदेश ।
८ गतेः सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाद्वारा पत्नी गीताको हत्या ।
१६ गतेः विवादका कारण राज्य पुनर्संरचना आयोगद्वारा दुई फरक प्रतिवेदन तयार ।
२० गतेः राज्य पुनर्संरचना आयोगको प्रतिवेदन संविधानसभामा ।
२१ गतेः अवकाश रोजेका माओवादी लडाकुलाई चेकद्वारा रकम बाँड्न सुरु । सुनसरीमा बर्डफ्लु, ७ हजार कुखुरा मारिए ।
२२ गतेः कमाण्डरहरूले लडाकुको चेक खोस्न थालेपछि ठाउँ-ठाउँमा झडप ।
२४ गतेः वाईसीएलका कार्यकर्तालाई राहत रकम दिने माओवादी निर्णय ।
२५ गतेः जनसत्ताको जग्गा रजिष्ट्रेसनलाई वैधता दिने सरकारी निर्णय फिर्ता ।
२७ गतेः एसीसी अन्डर ट्वान्टी क्रिकेटमा नेपाल महिला टोली विजयी ।
फागुन १ गतेः चर्चित सुडान घोटाला प्रकरणमा विशेष अदालतको फैसला, तीन पूर्वप्रहरी प्रमुखसहित पाँच जनाबाट १ अर्ब १४ करोड रुपैयाँ असुल्ने फैसला ।
२ गतेः नेपाली नागरिकता लिनुअघि जन्मेका सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको निर्णय ।
७ गतेः कान्तिपुर डेमोक्रेटिक आइकनको घोषणा, वर्षेनि २० लाख रुपैयाँ बराबरको पुरस्कार दिइने । सरकारले पहिलोपटक प्रजातन्त्र दिवस मनाएन ।
८ गतेः चितवनमा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु ।
९ गतेः सूचना तथा सञ्चारमन्त्री जेपी गुप्ता भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद र ८१ करोड ६८ लाख असुल्ने सर्वोच्चको फैसला ।
१४ गतेः दाङ, पुरन्धराका २१ दसमलब ५ इञ्च अग्ला चन्द्रबहादुर डाँगी विश्वका होचा व्यक्तिको रूपमा गिनिज बुकमा रेकर्ड कायम । छैटौं राष्ट्रिय खेलकुद सप्ताह सुरु ।
१५ गतेः राजधानीको बबरमहलमा बम विस्फोट, ३ को मृत्यु, ७ घाइते ।
१७ गतेः पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि विद्युत प्राधिकरण र चीनको थ्री गर्जेज कम्पनीबीच सम्झौता, ७५० मेगावाटको आयोजना निर्माण गर्न ७ वर्ष लाग्ने ।
१८ गतेः अनियमितताको आशंकामा लेखा समितिद्वारा फास्ट ट्रयाक छानबिन उपसमिति गठन ।
२१ गतेः काठमाडौंको कालीमाटीमा आगलागी हुँदा ६ जनाको मृत्यु ।
२३ गतेः भिसाबिना उडेका पर्यटन नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट अबुधावी विमानस्थलमा रोकिए ।
२५ गतेः एएफसी च्यालेञ्ज कप काठमाडौंमा सुरु, फिफा अध्यक्ष सेफ ब्लाडर नेपालमा ।
२६ गतेः तीन सय ६७ जनाको मुद्दा फिर्ता लिने सरकारको निर्णय सार्वजनिक ।
चैत १ गतेः सिंचाइमन्त्री महेन्द्र यादवद्वारा सचिव विन्द्रा हाडामाथि दुव्र्यवहार ।
३ गतेः सगरमाथा आरोहणका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशलाई दुई करोड दिने सरकारको निर्णय ।
५ गतेः स्वास्थ्य राज्यमन्त्री सरोज यादवद्वारा वीर अस्पतालका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार ।
१० गतेः प्रधानमन्त्रीद्वारा श्रममन्त्री सरिता गिरी बर्खास्त ।
१३ गतेः कृषिमन्त्री नन्दनकुमार दत्त पदबाट हटाइए ।
१५ गतेः सर्वोच्चद्वारा संविधानसभाको म्याद थप्न नमिल्ने फैसलाविरुद्ध परेको रिटको दरपिठ सदर, संविधानसभाको आयु २०६९ जेठ १४ सम्ममात्रै ।
१७ गतेः चैतभित्र सेना समायोजन गर्ने, लडाकु र हतियार सेनाको जिम्मा लगाउने दलहरूबीच सहमति ।
२२ गतेः झापाका पत्रकार यादव पौडेलको हत्या ।
२९ गतेः माओवादी लडाकु र हतियार सेना मातहत ल्याउने विशेष समितिको निर्णय, शिविरको कमाण्ड सेनाले लियो ।
३० गतेः प्रधानमन्त्री भट्टराईद्वारा राष्ट्रका नाममा सम्बोधन ।