Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १७, २०८२
Wednesday, April 30, 2025

टोकियो- सामुहिक लगानीको अभियानलाई तार्किक निश्कर्षमा पुरयाउन एनआरएन नेतृत्व अहिले युद्धस्तरमा लागिरहेको अवस्था छ । जसअनुरुप उनीहरुले बिभिन्न मुलुकहरुमा रहेका बिभिन्न क्षेत्रका नेपालीहरुसंग सामुहिक लगानीका बिषयमा छलफल र अन्तरक्रियालाई तिब्र पारेका छन् । सोहि सिलसिलामा जापानमा रहेका नेपालीहरुसंग सामुहिक लगानीको बिषयमा छलफल तथा अन्तरक्रिया गर्न एनआरएन केन्द्रका अध्यक्ष जीवा लामिछाने हिजै टोकियो आईपुगेका छन् भने एनआरएन एशिया प्यासिफिकका संयोजक त्रिलोक गुरुङ (हङकङ) आज मात्रै टोकियोमा ओर्लेका छन् ।

टोकियोमा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष लामिछानेले नेपालमा लगानीका लागि जलबिद्युत नै सबैभन्दा सुरक्षित र उपयुक्त क्षेत्र भएको दावी गरे । “दैनिक जनजीवनका लागि बिद्युत नभई नहुने सेवा भएकोले बजारको ग्यारेन्टी छ, त्यसैले गैरआवासीय नेपालीहरुले हाईड्रो पावरमा लगानी गरेर देशमा बिद्युतको संकटलाई न्युनिकरण गर्न चाहन्छन्” – उनले भने ।

सामुहिक लगानीका बिषयमा छलफल र अन्तरक्रिया गर्न आज टोकियोमा एक बृहत भेला राखिएको छ । भेलामा जापानका उद्यमी ब्यवसायीहरुले आ-आफ्नो क्षमताअनुसार नेपालको जलबिद्युतमा उत्साहजनक लगानी गर्ने प्रतिबद्धता जाहेर गर्ने अपेक्षा गरिएको छ । उसो त, आयोजक पक्षले प्रस्तावित जलबिद्युत आयोजनाका लागि जापानबाट मात्रै ५० करोड रुपैंया भन्दा बढि संकलन हुने यस अघि नै घोषणा गरिसकेको छ ।

एनआरएन बृत्तमा सामुहिक लगानीको बिषय धेरै पहिलेदेखि उठ्दै आएको एजेण्डा भएपनि लामिछाने नेतृत्वको एनआरएनले यसलाई घनिभुतरुपमा उठाउँदै आएको हो ।

यो सबैलाई थाहा छ, देशमा बिजुली पुगेको छैन, जलबिद्युतमा लगानी गरे बक्तिको समस्या हल गर्नमा मद्दत पुग्ने मात्र नभएर हजारौंका लागि रोजगारी, लगानीकर्ताका लागि मुनाफा र अन्य उद्योग धन्दाका लागि ढोका खुल्ला हुने र गैरआवासीय नेपालीहरुको थोपाथोपा कमाईलाई मुलुक निर्माणमा उपयोग हुने जस्ता थुप्रै बिशेषताहरुको चाङ एकातिर भएपनि यसलाई ब्यवहारमा उतार्न भने त्यति सजिलो छैन – बिश्लेषकहरु त्यसै भन्छन् ।

अर्कोतिर बिदेशमा बसेका नेपालीहरुलाई करिव एक दशकदेखि घोकाउदै आएको सामुहिक लगानी बिषयक पाठ उनीहरुले के कति बुझेका छन्, साँच्चिकै परीक्षामा उत्रने बेला आएको र नतिजा अब धेरै टाढा नभएको सर्बत्र अड्कलबाजी गर्न थालिएको छ ।

अध्यक्ष लामिछाने संगै सँस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतका अन्य केहि केन्द्रिय नेताहरु पनि जापान आउने कार्यक्रम रहेको भएता पनि कारणवश डा. महतो जापान आउन नसकेको जानकारी प्राप्त भएको छ ।

आजै अपरान्ह टोकियो सिनओकुबोमा हुने सामुहिक लगानी बिषयक सेमिनारको सबै तैयारीहरु पुरा भईसकेको आयोजकहरुले बताएका छन् । सेमिनारमा भाग लिई मुलुकको अनुहार उजिल्याउने साझा अभियानमा हातेमालो गर्न जापानबासीहरुमा आयोजकहरुले आह्वान गरेका छन् ।

समग्र एनआरएन अभियानमा अग्रता लिदैं आएको दावी गर्ने जापानले मुलुकमा लगानी भित्र्याउने सवालमा पनि अग्रमोर्चामा रहेर नमुनाकारुपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ । यद्यपि जापानका एनआरएनहरु केहि काम गरेर पनि देखाउँछन कि, कुरै मात्र गर्ने हुन् त्यो भने हेर्न बाँकी छ ।

समुहमा मिलेर काम गर्ने सँस्कारको बिकास गर्न एनआरएनले लिंदै आएको सँस्थागत पहलकदमी स्वागतयोग्य भएपनि यसलाई कार्यान्वयनमा ल्याउन केवल नेतृत्वको मात्र प्रयासले संभव नहुने भएकाले बिभिन्न मुलुकहरुमा बिस्तारित एनआरएनको सञ्जाललाई जिम्मेवार बनाउँदै यस्तै अभियानहरुमा उपयोग गरिनुपर्ने शुभेच्छुकहरु बताउँछन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया