Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको जीवनीमा आधारित भएर लेखिएको ‘अविराम बाबुराम’ नामक कृतिको सार्वजनिक गरिएको छ ।timthumb

पत्रकार अनिल थापाले लेख्नुभएको उक्त पुस्तक डा भट्टराईका पिता भोजप्रसादले लोकार्पण गर्नुभयो । पुस्तकमा बाबुरामको बाल्यकालदेखि राजनीतिक कालखण्डलाई पुस्तकमा उतारिएको छ । साङ्ग्रीला बुक्सले प्रकाशन गरेको पुस्तकबारे टिप्पणी गर्दै राजनीतिज्ञ दुर्गा सुवेदीले सैद्धान्तिक अध्ययन गरेर डा भट्टराई राजनीतिमा आएको आफूले पाएको बताउनुभयो । पार्टी नेतृत्वलाई देवत्वकरण गर्नु राजनीतिको गलत प्रवृत्ति रहेको उहाँको धारणा थियो । पुस्तकबारे टिप्पणी गर्दै नेकपा एमाले नेता प्रदीप ज्ञवालीले आम जनताले थाहा नपाएका धेरै विषय पुस्तकमा उल्लेख भएको बताउँदै लेखन क्रममा लेखकले तटस्थता देखाउन नसकेको टिप्पणी गर्नुभयो ।

उहाँले बाबुरामको राजनीतिक जीवनको पछिल्लो समय सिद्धान्तमा प्रस्टता नभएपनि सशस्त्र सङ्घर्षबाट अगाडि बढेको पार्टीलाई लोकतान्त्रिक धारमा ल्याउन सक्नु उहाँको महत्त्वपूर्ण पाटो भएको उल्लेख गर्नुभयो । यस्तै अर्का टिप्पणीकार मनु हुमागाईंले लोकतान्त्रिक गणतन्त्रको नारा सुरु गरी संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने डा भट्टराईको जीवनमा आधारित पुस्तक पठनीय भएको बताउनुभयो । उक्त अवसरमा पुस्तकका नायक डा भट्टराईले आफ्नो बारेमा लेखिएको पुस्तकको गुण दोषबारे टिप्पणी गर्नु उयुक्त नहुने बताउँदै भन्नुभयो, ‘पुस्तकमा उल्लेख भएका तथ्यहरू सत्य हुन्, विश्लेषण लेखकका आफ्ना हुन् ।’

उहाँले राजनीतिमा आउनुभन्दा पहिले नै आफूले मानव जातिको गतिशील भएर लाग्ने प्रण गरेको उल्लेख गर्दै लेखकले भने जस्तै अविरामयात्रीका रूपमा परिचित हुन चाहेको धारणा राख्नुभयो । चार खण्डमा विभाजित पुस्तकमा डा भट्टराईको जीवनको आरोह अवरोह, खोप्लाङ्देखि जेएनयुसम्म र जनयुद्धका मोडहरु, प्रचण्ड–बाबुराम टकराव र अविराम यात्राको वर्णन गरिएको छ । १६ वटा अनुसूचीमा विभिन्न डा भट्टराईसँग सम्बन्धित दस्ताबेज र डायरीहरु पनि समावेश गरिएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया