Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

भक्तपुर – युवाकवि मोतीराम भट्टको १५१ औँ जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौँ अभियान’ बारेमा बृहत् छलफल कार्यक्रम गरियो । पछिल्लो समयमा नेपाली भाषा शिक्षणमा आइरहेको समस्यालाई केन्द्रमा राखी भक्तपुरको बागीश्वरी उमाविले साक्षात्कार कार्यक्रम गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

motiram-bhatta

साक्षात्कारमा ‘नेपाली भाषा बचाऔँ अभियान’ का अभियन्ता एवम् नयाँ वर्णविन्यासका पक्षधरहरुको सहभागिता रहेको थियो । त्रिवि नेपाली भाषा विभागका प्रमुख प्रा डा देवीप्रसाद गौतमले भाषा सुधारको नाममा गरिएको परिपत्रलाई त्रिविले स्वीकार नगर्ने घोषणा गर्दै उक्त सुधारलाई भाँडभैलोको सङ्ज्ञा दिनुभयो । भाषामा ल्याएको भाँडभैलोविरुद्ध सधँै सङ्घर्ष गरिरहन आफूलगायत अन्य प्राध्यापकसमेत तयार रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “भाषालाई तोकआदेश र टिप्पणीबाट लागू गर्ने होइन । भाषा प्रयोक्ताको सम्पत्ति हो, भाषा परिवर्तनशील छ, यो निरन्तरको प्रक्रिया हो, यसलाई लादेर लादिन्न ।”

कार्यक्रममा नेपाली भाषाविद् चूडामणि गौतमले खुट्टा काटेर बनाएको नियमप्रति असहमति जनाउँदै नेपालमा भएको सुधारप्रति भारतमा रहेका नेपालीको पनि विरोध रहेको बताउनुभयो । नेपाली भाषाको आफ्नै शिष्ट परम्परा रहेकाले त्यसलाई नछोड्न उहाँले आग्रह गर्नुभयो । प्रा डा खगेन्द्र लुइँटेलले पछिल्लो समय आएको परिवर्तन नेपाली भाषामाथि भएको थिचोमिचोको परिणाम भएको बताउनुभयो ।

अभियानका संयोजक बलदेव शर्माले पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विषयमा भ्रम पैदा गरेको चर्चा गर्दै कथित सुधार देवनागरी लिपिलाई समाप्त पार्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो । उहाँले पूर्वशिक्षामन्त्री दिनानाथ शर्मालाई झुक्याएर भाषा सुधार नाममा नियम लाद्नु राष्ट्रको भाषा बचाउ र सुधारभन्दा केही व्यक्तिको शब्दकोश बिकाउने स्वार्थ हो भन्नुभयो ।

साक्षात्कारमा अभियानका अभियन्ता एवम् शिक्षाविद् शरच्चन्द्र वस्तीले भाषालाई अझ समृद्ध बनाएर अघि लग्नुपर्ने आवश्यकता भइरहेको समयमा सरकारले नयाँ नियम ल्याएर भाषाकै मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो । कार्यक्रममा नयाँ नेपाली वर्णविन्यासका पक्षधर बद्रीविशाल भट्टराईले सरकारले बिना छलफल भाषामा गर्न खोजेको परिवर्तनले नयाँपन नल्याएको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया