Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख २९, २०८२
Monday, May 12, 2025

पोखरा – नेपालका प्रथम सहिद लखन थापामगरले सहादत प्राप्त गरेको दिनलाई स्मरण गर्दै मंगलबार १३५ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो। निरंकुश जहाँनिया राणाशासक जंगबहादुरका विरुद्ध पहिलोपटक लखनले संगठित सशस्त्र विद्रोह गरेका थिए। लोकतान्त्रिक अधिकारका लागि उनले जनस्तरबाटै पहिलोपटक विद्रोह गर्ने क्रममा तत्कालिन राणाशासक जंगबहादुरको निर्देशनमा लखन थापा मगरलाई फाँसी दिइएको थियो।

गोरखाको बुंकोटमा जन्मेका प्रथम सहिद लखन थापा मगरलाई राज्यले सहिदको मान्यता दिएपनि प्रथम सहिद भने घोषणा गरेको छैन। जनताले भने प्रशस्त आधार र प्रमाण रहेकाले उनलाई प्रथम सहिदको रुपमा सम्मान दिइनुपर्ने माग गरिरहेका छन्। नेपाल मगर संघलगायतका संघसंस्थाले प्रथम सहिद घोषणा गर्नुपर्ने भन्दै आन्दोलन चर्काएपछि २०५६ सालमा तत्कालिन सरकारले सहिदको मान्यता दिएको थियो।

सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने मागसहित नेपाल मगर संघका जिल्ला कार्यसमितिले प्रथम सहिदको घोषणा मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए। ज्ञापनपत्रमा सहिद लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्नुपर्ने, प्रथम सहिद थापा मगरले सहादत प्राप्त गरेको दिन फाल्गुण २ गतेलाई राष्ट्रिय सहिद दिवसका रुपमा घोषणा गर्नुपर्ने, प्रथम सहिद थापा मगरलाई राष्ट्रिय विभूतिको सम्मान दिइनुपर्नेलगायतका माग उल्लेख छन्।

यसैबीच, प्रथम सहिद लखन थापामगरको १३५ औं स्मृति दिवसका अवसरमा नेपाल मगर संघ कास्कीले श्रद्धाञ्जलि सभा सम्पन्न गरेको छ। सो अवसरमा बोल्दै शिक्षाविद् प्रा. डा. केशरजंग बरालमगरले प्रधानमन्त्रीद्वारा प्रथम सहिद घोषणाका लागि प्रतिबद्धता आउनु सकारात्मक रहेको भन्दै प्रथम सहिद लखन थापा मगरलगायतका सहिदहरूको सपना पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् कास्कीका अध्यक्ष पानबहादुर घर्ती, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सचिव बालकृष्ण काउचामगर, गेसो मध्यपश्चिमाञ्चलका अध्यक्ष हर्कबहादुर पुनमगर, तमु राष्ट्रिय मुक्ति मोर्चा नेपाल कास्कीका अध्यक्ष धर्मबहादुर तमु, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङ, किरात सेवा समाज कास्कीका पुरण राई, नेवाः खल कास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेवाः तजिलजि दबूका अध्यक्ष विष्णुशंकर ख्वाउँजू, कुमाल समाज सुधार समिति कास्कीका अध्यक्ष प्रेमबहादुर कुमाल, नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य गोविन्द पुनमगर, मेजर प्रेमबहादुर थापामगर, सिंगापुर पुलिस हक्की संघका केन्द्रीय अध्यक्ष बलराम थापामगरलगायतले सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नुपर्ने र उचित सम्मान दिनुपर्ने माग गरेका थिए।

संघका कास्की जिल्ला सदस्य कुमार थापामगरले सञ्चालन गर्नुभएको कार्यक्रम अध्यक्ष पूर्णबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो।

त्यस्तै, लखन स्मृति दिवसकै अवसरमा मंगलबार साँझ नेपाल आदिवासी जनजाति महासंघ कास्की र नेपाल मगर संघ कास्कीको संयुक्त आयोजनामा प्रथम सहिद लखन थापामगरको सालिक अवस्थित लखनचोकमा दीपावली गरियो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया