Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ १२, २०८२
Sunday, May 25, 2025

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएन) को नयाँ अध्यक्षमा जीवा लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।

उनका प्रतिद्धन्द्धी एवं वर्तमान अध्यक्ष देवमान हिराचनले उमेदवारी फिर्ता लिए पछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन् । हिराचनलाई संरक्षकमा राखिने भएको छ । निर्विरोध निर्वाचित गराउन पूर्वअध्यक्ष उपेन्द्र महतोलगायत क्रियाशील थिए ।

त्यसैगरी मध्यपूर्वबाट युएइमा लोकनाथ सुवेदी र उत्तरअमेरिकी क्षेत्रको उपसंयोजकमा रामचन्द्र खरेल निर्विरोध भइसकेका छन् । महिला संयोजकमा अस्ट्रेलियाकी रञ्जु थापा र मन खत्री निर्विरोध निर्वाचित भइसकेका छन् ।

बीस पदमध्ये उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ भने सचिवका लागि तीनजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागि हितमान गुरुङ, रामेश्वर झा, रतन झा, रुद्र शर्मा र चन्द्रप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । त्यसैगरी महासचिवमा तेन्जी शेर्पा, विष्णुमाया परियार र कुमार बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

सचिवमा युवराज गुरुङ, सुवास अधिकारी र टिबी कार्की तथा कोषाध्यक्षमा गोवा कटुवाल र भवन भट्टले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रीय संयोजक र उपसंयोजकमा भने निर्विरोध निर्वाचन भइसकेको छ । उत्तर अमेरिकी क्षेत्रीय संयोजकमा क्यानडाका द्रोणप्रसाद रसाइली र अमेरिकाका मूकेशकुमार सिंह, युरोप संयोजकमा बेल्जियमका सुदामा लम्साल र जर्मनीका कुमार पन्तको उम्मेदवारी परेको छ ।

यसैगरी उपसंयोजकमा बेलायतका लक्ष्यबहादुर गुरुङ र जर्मनीका विजय मोक्तान, मध्यपूर्वबाट साउदी अरबका धर्मबहादुर केसी र कतारका नरेन्द्रबहादुर मगर, एसिया प्रशान्तबाट जापानका राजन प्रधानाङ्ग र हङकङका उमा गुरुङ तथा उपसंयोजकमा हङकङका कृष्णबहादुर पाण्डे र दक्षिण कोरियाका गङ्गाराज राईले उम्मेदवारी दर्ता गराएका छन् । एसिया क्षेत्रको उपसंयोजकमा अस्ट्रेलियाका निरज श्रेष्ठ र ध्रुव सुवेदीको उम्मेदवारी परेको छ ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया